विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा नेपाली रेस्टुरेन्ट सञ्चालक दम्पती मानव बेचबिखनमा दोषी ठहर

सञ्चालकहरुलाई घरेलु कामदारको मानव बेचबिखन र भान्सेमाथि गम्भीर शोषण गरेको अभियोग लागेको थियो।

फिनल्यान्डको हेलसिन्कीस्थित पुनरावेदन अदालतले नेपाली रेस्टुरेन्ट व्यवसायी देवी शर्मा र उनकी श्रीमतीलाई मानव बेचबिखन र गम्भीर शोषणमा दोषी ठहर गरेको छ।

सन् २०२३ मा हेलसिन्की जिल्ला अदालतले सुनाएको १ वर्ष ८ महिनाको निलम्बित जेल सजायलाई पुनरावेदन अदालतले सदर गरेको हो।

शर्मा दम्पतीले सुरुमा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थिए। तर गत महिना सुनुवाइ सुरु हुनुभन्दा अघि उनीहरुले आफ्नो पुनरावेदन फिर्ता लिएका थिए।

पुनरावेदन फिर्ता लिएसँगै नोभेम्बरमा अदालतले तल्लो अदालतको फैसला नै कायम रहने निर्णय सुनाएको हो। अदालतले उनीहरुलाई पीडितहरुलाई सयकडौं हजार युरो क्षतिपूर्ति तिर्न आदेश दिएको छ।

यो मुद्दामा एक घरेलु कामदार र अर्का रेस्टुरेन्टमा कार्यरत भान्से (कुक) गरि दुई जना पीडित छन्।

विज्ञापन
विज्ञापन सकियो

सञ्चालकहरुलाई घरेलु कामदारको मानव बेचबिखन र भान्सेमाथि गम्भीर शोषण गरेको अभियोग लागेको थियो।

सन् २०१७ मा पीडितहरुले उजुरी दिए पनि प्रहरी अनुसन्धानमा भएको ढिलाइले यो मुद्दा टुंगिन लामो समय लागेको थियो।

सन् २०१७ मा पीडितहरुले उजुरी दिए पनि प्रहरी अनुसन्धानमा भएको ढिलाइले यो मुद्दा टुंगिन लामो समय लागेको थियो।

शर्मा दम्पतीले ती घरेलु कामदारलाई तलब, भत्ता र पीडाको क्षतिपूर्ति बापत १ लाख ८० हजार युरोभन्दा बढी तिर्नुपर्ने फैसला भएको छ। पीडित भान्सेलाई तलब, बिदाको रकम र क्षतिपूर्ति गरी १ लाख ४० हजार युरोभन्दा बढी तिर्नुपर्नेछ।

यो विषयमा स्थानीय फिनिस पत्रिकाहरूले पनि समाचार लेखेका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप