विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

आप्रवासीमाथि फेरि खनिए ट्रम्प, भन्छन्-तेस्रो विश्वका सबैलाई अमेरिकाको ढोका बन्द गर्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'तेस्रो विश्व' भनिने देशहरूबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्ने घोषणा गरेका छन्।

.संक्षेपमा.


  • तेस्रो विश्व’ का देशबाट हुने आप्रवासन सदाका लागि रोक्ने ट्रम्पको घोषणा।
  • १९ देशका आप्रवासीले पाएको ग्रिनकार्ड पुनः जाँच गरिने।
  • गैर-नागरिकलाई दिइने सरकारी सुविधा र अनुदान अन्त्य गर्ने चेतावनी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “तेस्रो विश्वका देशहरू” बाट अमेरिकामा हुने आप्रवासनलाई “स्थायी रूपमा रोक्ने” बताएका छन्। उनले आप्रवासन नीतिले धेरै अमेरिकीहरूको जीवनस्तर बिगारेको भन्दै यस्तो कडा कदम चाल्न लागेको उल्लेख गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै यो निर्णयले अमेरिकी प्रणालीलाई पुनः सुध्रिन मद्दत गर्ने दाबी गरे। यद्यपि उनले आफ्नो योजनाको विस्तृत विवरण वा कुन-कुन देशहरू यसमा पर्छन् भन्नेबारे स्पष्ट खुलाएका छैनन्।

वासिङ्टन डिसीमा एक अफगानी नागरिकले दुई अमेरिकी नेसनल गार्डमाथि गोली चलाएपछि ट्रम्पको यो कडा अभिव्यक्ति आएको हो। उक्त आक्रमणमा एक सुरक्षाकर्मीको मृत्यु भएको थियो भने अर्का घाइते भएका थिए।

यो घटनापछि अमेरिकाले सुरक्षा जाँचको कारण देखाउँदै अफगानीहरूको सबै आप्रवासन निवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। ट्रम्पले अमेरिकाका लागि खतरा हुनसक्ने विदेशीलाई हटाउन कडा कदम चाल्ने वाचा यसअघि नै गरेका थिए।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले १९ देशबाट आएका व्यक्तिहरूलाई विगतमा जारी गरिएको ग्रिनकार्ड पुनः जाँच गर्ने बताएको छ।

विज्ञापन
विज्ञापन सकियो

उनले शरणार्थीहरूलाई “अमेरिकाको सामाजिक असन्तुलन” को कारण मान्दै देशका लागि फाइदाजनक नहुने जो कोहीलाई हटाउने चेतावनी दिए।

बीबीसीको प्रश्नमा अधिकारीहरूले ह्वाइट हाउसको जुन महिनाको घोषणालाई उद्धृत गर्दै अफगानिस्तान, क्युबा, हाइटी, इरान, सोमालिया र भेनेजुएला लगायतका देश यसमा पर्न सक्ने संकेत गरे।

ट्रम्पले बिहीबार राति थप घोषणा गर्दै गैर-नागरिकहरूलाई दिइने सबै संघीय सुविधाहरू र अनुदान अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले शरणार्थीहरूलाई “अमेरिकाको सामाजिक असन्तुलन” को कारण मान्दै देशका लागि फाइदाजनक नहुने जो कोहीलाई हटाउने चेतावनी दिए।

गोली काण्डका संदिग्ध रहमानुल्लाह लकानवाल २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुँदा विशेष सुरक्षा कार्यक्रम अन्तर्गत अमेरिका आएका थिए।

अधिकारीहरूका अनुसार लकानवालले अफगानिस्तानमा सीआईए (CIA) सँग मिलेर काम गरेका थिए र २०२४ मा मात्रै उनले एसाइलम (शरणार्थी मान्यता) पाएका थिए।

ट्रम्पले यो आक्रमणलाई “आतंककारी कार्य” को संज्ञा दिएका छन्। उनले यसअघि नै अफगानिस्तान लगायत अफ्रिका र एसियाका ११ अन्य देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइसकेका छन्।

नेपाललगायत विकासिल देशहरूलाई अक्सर “तेस्रो विश्व” का रूपमा हेरिने हुँदा, ट्रम्पको यो अस्पष्ट तर कडा नीतिले अमेरिका जाने सपना बोकेका धेरैमा संशय पैदा गरेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप