0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    स्विडेनको स्वच्छ हावा छाडेर रोजे दिल्लीको धुवाँधुलो, बने सामाजिक सञ्जालमा भाइरल

    "युरोपको सुखसुविधा र स्वच्छ हावा भन्दा दिल्लीको धुवाँधुलो नै प्यारो" भन्दै एक भारतीय आप्रवासीले लेखेको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।

    .संक्षेपमा.


    • युरोपको चिसो र एक्लोपन दिल्लीको प्रदूषणभन्दा कष्टकर।
    • विदेशमा साथीभाइ र समुदायको अभाव, हरेक काम एक्लै गर्नुपर्ने बाध्यता।
    • परिवार र साथीभाइको ‘अक्सिजन’ लिन स्वदेश फर्कने निर्णय।

    सन् २०२१ देखि स्विडेनमा बस्दै आएका भारतीय सफ्टवेयर इन्जिनियर अंकुर त्यागीले युरोपको सुविधा सम्पन्न जीवन छोडेर भारत फर्कने निर्णय गरेकाबारे लेखेको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।

    उनको उक्त पोस्टका बारेमा प्रमुख भारतीय मिडिया टाइम्स अफ इन्डिया, एनडीटिभी लगायतले समाचार लेखेका छन्।

    गत सोमबार सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै उनले युरोपमा सफा हावा र राम्रा सडक भए पनि जीवन सोचेजस्तो सहज नभएको बताएका थिए।

    उनले विदेशको एक्लोपन दिल्लीको प्रदूषणभन्दा पनि डरलाग्दो हुने अनुभव सुनाएका थिए।

    “यहाँ सबै काम एक्लै गर्नुपर्छ— खाना पकाउने, सरसफाइ गर्ने, बिल तिर्नेदेखि बच्चा हुर्काउनेसम्म।” अंकुर लेख्छन्।

    उनले स्विडेनमा हरेक जाडो मौसममा आउने डरलाग्दो सन्नाटासँग एक्लै लड्नुपर्ने पीडा पनि पोखेका छन्।

    “यहाँ साथीहरू विनम्र त हुन्छन्, तर टाढा हुन्छन्,” उनी लेख्छन्। “समुदाय भन्ने कुरा विरलै पाइन्छ।”

    भारतमा जति नै अस्तव्यस्तता र भ्रष्टाचार भए पनि त्यहाँ मानिसहरूको साथ पाइने उनको बुझाइ छ।

    उनले पश्चिमा मुलुकका समस्याहरू बाहिरबाट नदेखिने तर भित्री रूपमा गहिरो चोट दिने खालका हुने उल्लेख गरेका छन्।

    भारतीय सफ्टवेयर इन्जिनियरअंकुर त्यागी। स्रोतः त्यागीको X

    उनले पश्चिमा मुलुकका समस्याहरू बाहिरबाट नदेखिने तर भित्री रूपमा गहिरो चोट दिने खालका हुने उल्लेख गरेका छन्।

    दिल्लीको प्रदूषणको उच्च जोखिमलाई बेवास्ता गर्दै उनी डिसेम्बर ५ मा भारत फर्कँदै छन्। “हरेक ठाउँको आ-आफ्नै मूल्य हुन्छ, मलाई अब साथीभाइ र परिवारको ‘वास्तविक अक्सिजन’ चाहिएको छ।” उनले भनेका छन्।

    उनको उक्त पोस्ट ८०,००० भन्दा बढीले हेरेका छन् र अनेकौँ प्रतिक्रिया दिएका छन्।

    पेरिसमा बस्ने एक प्रयोगकर्ताले पनि विदेशमा जति नै सुख भए पनि आफूले अन्ततः भारत नै रोज्ने लेखेका छन्।

    अर्का एक प्रयोगकर्ताले सानै उमेरमा विदेश जानेहरू छिटो घुलमिल हुन सक्ने तर पछि जानेहरूलाई भाषा र पहिचानको संकट हुने टिप्पणी गरेका छन्।

    केहीले भने उनलाई दिल्लीको प्रदूषणबाट बच्न चेतावनी पनि दिएका छन्। एक प्रयोगकर्ताले केरलाको स्वच्छ हावाबाट दिल्ली पुग्दा आफ्नो साथी एक हप्तासम्म बिरामी परेको प्रसङ्ग उल्लेख गरेका छन्।

    केही समय अगाडी अमेरिकामा १७ वर्ष बिताएर भारत फर्किएका एक दम्पतीको भिडियो पनि निकै चर्चामा आएको थियो। उनीहरूले पनि अमेरिकाको छोटो सुत्केरी बिदा, चर्को मेडिकल खर्च लगायतका कारण जिन्दगी निकै तनावपूर्ण बनेको भन्दै भारत फर्कने निर्णय गरेका थिए।

    भारतमा सिधै डाक्टरलाई भेट्न सकिने र घरपरिवारको सहयोग पनि प्राप्त हुनेजस्ता कुराहरू उनीहरूले उल्लेख गरेका थिए।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप