0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा ‘लोक-भाका साँझ’: ‘सोचेझैँ जिन्दगी रैनछ’ का गायक खेम सेन्चुरीले स्टेज तताउने

    क्रिसमसको पूर्वसन्ध्यामा हेलसिन्कीमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारसँगै स्थानीय प्रतिभाहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।

    संक्षेपमा


    • चर्चित लोकगायक खेम सेन्चुरी र मोडल ओबी राईमाझी कार्यक्रमको मुख्य आकर्षण।
    • कार्यक्रम डिसेम्बर २३ का दिन माल्मीस्थित Takaniitynkuja 9 मा साँझ ६:०० बजेदेखि हुने।
    • स्थानीय प्रतिभा र बाल कलाकारहरूद्वारा पनि विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिने।

    ‘टेबुलमा काइँयो र ऐना छ…सोचेझैँ जिन्दगी रैनछ’, अनि ‘झ्यालमा पर्दा छ, नहेर त्यसरी माया सर्दछ’ जस्ता चर्चित गीतहरूमा स्वर र सङ्गीत भरेका गायक तथा सङ्गीतकार खेम सेन्चुरीले आगामी डिसेम्बर २३ मङ्गलवारका दिन हेलसिन्कीको माल्मीमा विशेष प्रस्तुति दिनेछन्।

    फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूका लागि हाम्रो इभेन्ट्सले आयोजना गरेको सांगीतिक उत्सव ‘लोक भाका साँझ २०२५’ मा सेन्चुरीले मुख्य प्रस्तुति दिने भएका हुन्।

    लोक गायक सेन्चुरीका अलावा कार्यक्रममा मोडल ओबी राईमाझीको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

    यो सांगीतिक साँझ हेलसिन्की माल्मीको Takaniitynkuja 9 स्थित Työväentalo मा आयोजना हुनेछ। आयोजकका अनुसार कार्यक्रम साँझ ६:०० बजे सुरु भई राति १०:०० बजेसम्म चल्नेछ। पहिल्यै किन्दा टिकटको मुल्य १५ युरो तोकीएको छ, जुन यो लिङ्क मार्फत् सजिलै किन्न सकिने छ।

    कार्यक्रममा फिनल्यान्डमै रहेका स्थानीय कलाकारहरूको पनि सहभागिता रहने छ। गायक शिव पाण्डे, पप गायक सुजन त्रिपाठी र लोकगायिका विनिता लामिछाने लगायतले आफ्नो प्रस्तुति दिनेछन्।

    त्यस्तै लोकगायक आरके शर्माको गायन र हिरुना मगरको नृत्य प्रस्तुति रहने पनि आयोजकले जनाएको छ।

    नेपाली कला र संस्कृतिको जगेर्ना गर्न र नेपाली समुदायबीच आपसी सम्बन्ध प्रगाढ बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएको हाम्रो इभेन्ट्सका नीराजन थापाले नेपालीलाइनेनलाई बताए।

    नेपालीलाइनेन उक्त कार्यक्रमको मिडिया पार्टनर हो। अन्य सहयोगी पार्टनरहरूमा राभिन्तोला परिकार, राभिन्तोला नेपाल हाउस, सोल्टी टेक र परिनारी वार्डरोब रहेका छन्।

    आयोजकले सम्पूर्ण फिनल्यान्डबासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेका छन्।

    योजकले सम्पूर्ण फिनल्यान्डबासी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेका छन्।

    को हुन लोकगायक सेन्चुरी?

    लोकगायक खेम सेन्चुरी नेपाली लोक संगीत क्षेत्रका लोकप्रिय नाम हुन्। उनी चर्चित रियालिटी शो ‘भोइस अफ नेपाल’का निर्णायक समेत हुन्।

    उनका ‘सोचेझैँ जिन्दगी रैनछ’ र ‘झ्यालमा पर्दा छ’ जस्ता गीतहरू युट्युबमा मात्र तीन करोड भन्दा धेरै पटक हेरिएका छन्।

    आयोजकले सार्वजनिक गरेको कार्यक्रमको पोस्टर। फोटोः हाम्रो इभेन्ट्स

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप