संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको माल्मीमा १४ वर्षीयको हत्या प्रयास, प्रहरी अनुसन्धान जारी

राजधानी हेलसिन्कीको माल्मी क्षेत्रमा शनिवार साँझ एक १४ वर्षीयमाथि  साङ्घातिक आक्रमण भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • हेलसिन्कीको माल्मी क्षेत्रमा १४ वर्षीयमाथि चक्कु प्रहार गरी हत्या प्रयास।
  • प्रहरीद्वारा ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान सुरु।
  • घटनामा दुई व्यक्ति संलग्न रहेको प्रारम्भिक जानकारी।

हेलसिन्कीको उत्तरपूर्वी भेगमा शनिबार राति एक १४ वर्षीय ‘टिनएजर’ माथि चक्कु प्रहार भएको छ। प्रहरीले घटनालाई ‘हत्या प्रयास’ को रूपमा अनुसन्धान अगाडि बढाएको छ।

पीडित किशोर वा किशोरी हुन् भन्ने खुलाइएको छैन।

घटनाबारे सबैभन्दा सुरूमा लेखेको इल्ता-सानोमात पत्रिकाका अनुसार घटना हिजो शनिबार राति करिब ९ बजेतिर घटेको हो। हेलसिन्की प्रहरीले घटनाको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको जनाएको छ।

घटनास्थलका बारेमा भने फरक-फरक विवरणहरू बाहिर आएका छन्। इल्ता-सानोमातले घटना Ylä-Malmi मा भएको बताएको छ भने हेलसिन्की सानोमातले भने Pukinmäki को खुल्ला क्षेत्रमा भएको उल्लेख गरेको छ।

विज्ञापन

प्रहरीका अनुसार घटनामा दुई जना संलग्न थिए। घाइतेको अवस्था र शङ्कास्पद व्यक्तिको बारेमा प्रहरीले अहिले नै थप खुलाउन चाहेको छैन।

घटनास्थलमा प्रहरीको सक्रिय उपस्थिति रहेको जनाइएको छ। प्रहरीले प्रमाणहरू सङ्कलन गर्ने र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने कार्य गरिरहेको छ।

फिनल्यान्डमा पछिल्लो समय किशोर-किशोरीहरू संलग्न हुने हिंसात्मक घटनाहरू चर्चामा छन्। यस्ता घटनाले यहाँ बसोबास गर्ने नेपाली लगायतका आप्रवासी समुदायमा पनि सुरक्षाको चासो बढाएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप