संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको परोपकारी क्रिसमस भोजमा सयौँ मानिसलाई पुगेन खाना, भक्कानिए आयोजक

फिनल्यान्डको राजधानीमा आयोजना गरिएको परोपकारी क्रिसमस भोजमा क्षमताभन्दा बढी मानिस आएपछि करिब ३०० जना खाना नखाई फर्कन बाध्य भए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • मेस्सु-केस्कुसमा आयोजित भोजमा क्षमताभन्दा धेरैको उपस्थिति।
  • बढ्दो महँगी र सरकारी कटौतीका कारण गरिबी चुलिएको दाबी।
  • सबैलाई सहयोग गर्न नपाउँदा आयोजक बने भावविह्वल।

फिनल्यान्डको हेलसिन्कीमा आयोजित परम्परागत क्रिसमस भोजमा यो वर्ष सयौँ मानिस रित्तो हात फर्कनु परेपछि आयोजक भावुक बनेका छन्।

सँगसँगै सरकारी नीतिका कारण फिनल्यान्डमा गरिबी बढेको भन्दै सरकारको कडा आलोचना पनि हुन थालेको छ।

कम आय भएका र एक्लोपनासँग जुधिरहेका हरूलाई हरेक वर्ष जसरी आयोजना गरिएको उक्त परोपकारी क्रिसमस भोज कार्यक्रममा खाना र ठाउँको अभाव भएपछि आयोजकहरूले करिब ३०० जनालाई ढोकाबाटै फर्काउन बाध्य भएका थिए।

हुर्स्तिनअपु नामक परोपकारी संस्थाले हेलसिन्कीको मेसुकेस्कुसमा आयोजना गरेको कार्यक्रममा २,३०० जना अट्ने व्यवस्था थियो। तर मानिसहरूको भीड यति धेरै भयो कि हलमा थप ठाउँ बाँकी रहेन।

विज्ञापन

आएका सबैलाई सेवा दिन नसक्दा संस्थाका प्रमुख हेइक्की हुर्स्ति YLE टिभीसँगको अन्तर्वार्तामा निकै भावुक देखिन्छन् र भक्कानिन्छन्।

“यसले फिनल्यान्डमा धेरै मानिसको अवस्था निकै नाजुक रहेको देखाउँछ।” उनले आफ्नो प्रतिक्रियामा भन्छन्।

गतवर्ष हेलसिन्कीको मेस्सु-केस्कुसमा आयोजित सामुहिक क्रिसमस भोज। फोटोः Hurstin Apu

पहिले यस्तो देखिएको थिएन

हुर्स्तिन अपु संस्थाकी कार्यकारी निर्देशकको रूपमा हेइक्की हुर्स्तिकी छोरी सिनी हुर्स्ति कार्यरत छिन्। उनले MTV लाई दिएको प्रतिक्रियामा आफूहरूले सहभागीहरूको सङ्ख्या यति धेरै होला भनेर आफूहरूले अनुमान गर्न नसकेको बताएकी छिन्।

उनका अनुसार विगत वर्षहरूमा मेस्सु-केस्कुसमा आयोजना गरिएका क्रिसमस भोजबाट पहिले कसैलाई पनि यसरी फिर्ता पठाउनु परेको थिएन।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उनले अहिले फिनल्यान्डमा धेरै मानिसहरूलाई सहयोग चाहिएको स्पष्ट देखिएको आफ्नो प्रतिक्रियामा बताएकी छिन्।

“हेर्नुस् र सोच्नुस्, तपाईँहरू के गर्दै हुनुहुन्छ र कसरी गर्दै हुनुहुन्छ।” उनले फिनल्यान्डको वर्तमान सरकारलाई स्पष्ट सन्देश दिएकी छिन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यदि यति धेरै सामाजिक सहायता कटौती नगरिएको भए र गरिब र विपन्न मानिसहरूबाट लिनुको साटो अरू कतैबाट बजेट काटेको भए यस्तो अवस्था देख्नु नपर्ने तर्क उनले MTV लाई दिएको प्रतिक्रियामा गरेकी छिन्।

सहभागीको सङ्ख्या गत वर्ष १,५०० को हाराहारीमा रहे पनि यो वर्ष भने निकै धेरै सहभागीहरू लाइनमा देखिएका थिए। अर्को वर्ष २,५०० जनाका लागि भोजन व्यवस्था गर्ने योजना आयोजकको छ।

विभिन्न कारणले आउँछन् सहभागीहरू

कार्यक्रममा सहभागी हुन आएका वृद्ध-वृद्धा र एक्लो जीवन बिताइरहेकाहरूले स्थानीय मिडियालाई दिएको प्रतिक्रियामा यस्तो सहयोगको महत्वबारे चर्चा गरेका छन्।

एस्पोबाट आएकी एक पेन्सनरले YLE लाई दिएको प्रतिक्रियामा आफ्नो न्यून आम्दानीले दैनिक गुजारा चलाउन नै गाह्रो भएपछि त्यहाँ आउनुको विकल्प नरहेको बताइन्।

अर्का सहभागीले भने घरमा एक्लो महसुस हुने भएकाले मानिसहरू भेट्नका लागि त्यहाँ आएको बताए।

क्रिसमस भोजमा समेत मानिसहरूलाई खाना नपुगेर फर्काउनु परेपछि फिनल्यान्डमा बढिरहेको गरिबी प्रति धेरैले चिन्ता व्यक्त गरेका छन्।

मुख्य दोष सरकारी नीतिलाई

क्रिसमस भोजमा समेत मानिसहरूलाई खाना नपुगेर फर्काउनु परेपछि फिनल्यान्डमा बढिरहेको गरिबी प्रति धेरैले चिन्ता व्यक्त गरेका छन्। धेरैले सामाजिक सञ्जालमा सामाजिक सुरक्षामा कटौती गर्ने वर्तमान सरकारी नीतिको खुलेर आलोचना गरेका छन्।

कोही कोहीले भने सित्तैमा खाना बाढेको ठाउँमा टन्नै पैसा हुने मानिसहरू पनि गएर खाना लिने हुँदा देखाइएको चित्रजस्तो अवस्था भयावह नरहेको तर्क गरेका छन्। आप्रवासीको सङ्ख्या बढेसँगै सहयोग चाहिनेको सङ्ख्या बढेको तर्क गर्ने पनि छन्।

गरिबी विरोधी अभियन्ता लिनेया पार्तानेनले Iltalehti लाई दिएको प्रतिक्रियामा वर्तमान सरकारको बजेट कटौतीलाई नै यसको मुख्य कारण मान्छिन्।

उक्त पत्रिकाले समाचारको हेडलाइनमै ‘फिनल्यान्ड कतातिर गइरहेको छ?” भनेर प्रश्न गरेको छ।

पार्तानेनका अनुसार अहिले फिनल्यान्डमा घरबारविहीन हुने र खाद्य सहायता खोज्नेहरूको सङ्ख्या बढिरहेको छ। खाना बाँड्ने लाइनमा बालबालिकाहरू समेत एक्लै देखिनु झनै चिन्ताको विषय रहेको उनले बताइन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप