संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका पूर्व सांसदले पाए रुसमा राजनीतिक शरण

फिनल्यान्डको संसदलाई हजारौँ युरो तिर्न बाँकी रहेका विवादास्पद पूर्व सांसदले रुस पलायन भएको केही समयपछि शरण पाएको दाबी गरेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


• पूर्व सांसद आनो तुर्तियाइनेनले रुसबाट राजनीतिक शरण पाए।

फिनल्यान्डको संसदलाई ३० हजार युरोभन्दा बढी अनुदान रकम तिर्न बाँकी।

रुससँगको सीमा बन्द गर्ने र फिनल्यान्ड नाटोमा आबद्ध हुने कुराको गरेका थिए कडा विरोध।


फिनल्यान्डका पूर्व सांसद आनो तुर्तियाइनेनले आफूले रुसबाट राजनीतिक शरण प्राप्त गरेको दाबी गरेका छन्।

विज्ञापन

उनले सोमबार सार्वजनिक गरेको एक युट्युब भिडियोमार्फत यो जानकारी दिएका हुन्। उनले आफूलाई शरण दिने रुसको निर्णयलाई “ऐतिहासिक” भनेका छन्।

तुर्तियाइनेन सन् २०१९ देखि २०२३ सम्म फिनल्यान्डको संसद सदस्य थिए। उनी फिन्स पार्टीबाट संसदमा निर्वाचित भएका थिए।

पछि उनले VKK नामक नयाँ पार्टी खोलेका थिए। रुससँगको सीमा बन्द गर्ने र फिनल्यान्ड नाटोमा आबद्ध हुने विषयमा उनले कडा विरोध गर्दै आएका थिए।

फिनल्यान्डमा रहँदा उनी आप्रवासीका कट्टर आलोचक थिए। उनी विरुद्ध फिनल्यान्डमा “जातीय उत्तेजना फैलाएको” आरोपमा मुद्दा समेत चलिरहेको छ।

फिनल्यान्डको संसदले उनीसँग ३० हजार युरोभन्दा बढी रकम असुल गर्न बाँकी छ। यो रकम सन् २०२२ र २०२३ को संसदीय समूह अनुदानसँग सम्बन्धित छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

तुर्तियाइनेनले यो रकम कसरी खर्च गरे भन्ने विवरण संसदलाई दिन सकेका छैनन्। संसदका प्रशासनिक निर्देशक पेर्ती राउहियोका अनुसार तुर्तियाइनेनबाट अहिलेसम्म कुनै रकम उठ्न सकेको छैन।

रुससँगको सीमा बन्द गर्ने र फिनल्यान्ड नाटोमा आबद्ध हुने विषयमा उनले कडा विरोध गर्दै आएका थिए।

रुस र युरोपेली युनियनबीचको तनावका कारण यो असुली प्रक्रिया थप जटिल बनेको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

तुर्तियानेन केही महिना अघि नै फिनल्यान्ड छाडेर रुस सरेका थिए। उनी हाल मस्कोमा बसोबास गरिरहेका छन् र रुसी नागरिकताका लागि पनि प्रयास गरिरहेको बताइएको छ।

हेर्नुहोस् भिडियोः

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप