0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीको ट्राभल फेयरमा ‘मिनी नेपाल’: यस्तो छ नेपाल घुम्न खोज्ने विदेशीको रुचि र चासो

    उत्तर युरोपको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरूले नर्डिक पर्यटकलाई आकर्षित गर्दै छन्।

    संक्षेपमा


    • नेपाल पर्यटन बोर्ड र नौ निजी कम्पनीको सक्रिय सहभागिता।
    • फिनिस पर्यटकको रोजाइमा पदयात्रा र दिगो पर्यटन।
    • कोभिड-१९ पूर्वकै लयमा फर्किएको नेपालको पर्यटन।

    फिनल्यान्डको राजधानी हेलसिन्कीमा जारी उत्तर युरोपको सबैभन्दा ठूलो पर्यटन मेला Matkamessut मा नेपालले सक्रिय सहभागिता जनाएको छ।

    नेपाल पर्यटन बोर्ड र नौवटा निजी ट्राभल एजेन्सीहरूले हिमाल, पदयात्रा र नेपाली संस्कृतिको प्रचार गर्दै अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गरिरहेका छन्।

    यो मेला जनवरी १५ देखि १८ सम्म हेलसिन्कीको पासिलास्थित मेस्सुकेस्कुसमा चलिरहेको छ। बिहीबारको दिन पर्यटन क्षेत्रका व्यवसायीहरूका लागि छुट्ट्याइएको थियो भने अन्य दिन सर्वसाधारणका लागि खुला रहनेछ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले नेपालीलाइनेनसँग कुरा गर्दै यो मेला नर्डिक क्षेत्रमा नेपालको उपस्थिति बलियो बनाउने अवसर भएको बताए।

    फिनल्यान्डका मानिसहरू नेपालको कस्तो खाले पर्यटन र प्याकेजहरूमा रुचि राखिरहेका छन् भन्ने नेपालीलाइनेनको प्रश्नमा सुवेदीले दिगो पर्यटन र प्रकृतिमा फिनिसहरूको विशेष चासो र रुचि देखिएको जानकारी दिए।

    नेपालको सुरक्षा र राजनीतिक अवस्थाबारे सोधिएका प्रश्नमा सुवेदीले पर्यटकहरू नेपालमा सुरक्षित रहेको स्पष्ट पारे। उनले विश्व समुदायले नेपालको राजनीति भन्दा पनि प्राकृतिक सुन्दरतामा बढी चासो राखेको दाबी गरे।

    सुवेदीका अनुसार नेपाली पर्यटन अहिले कोभिड-१९ पूर्वको अवस्था अर्थात् २०१९ कै लयमा फर्किएको छ। सन् २०२५ मा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि देखिएको र यो वर्ष अझै बढ्ने अपेक्षा गरिएको पनि उनले बताए।

    दिगो पर्यटन र प्रकृतिमा फिनिसहरूको विशेष चासो र रुचि देखिएको छ।

    छन् अनेक प्याकेज

    सहभागी व्यवसायीहरूले पदयात्रा, वन्यजन्तु सफारी र सांस्कृतिक भ्रमणका विभिन्न प्याकेजहरू प्रस्तुत गरेका छन्। यी प्याकेजहरू पर्यटकको चाहनाअनुसार परिमार्जन गर्न सकिने सुविधा पनि व्यवसायीहरूले दिएका छन्।

    मात्का ट्राभल फेयर अर्थात् Matkamessut उत्तरी युरोपको सबैभन्दा ठूलो पर्यटन मेला हो। यसले हरेक वर्ष विश्वभरका हजारौं पर्यटन व्यवसायी र लाखौं भ्रमण प्रेमीहरूलाई एकै ठाउँमा ल्याउँछ।

    ग्यालापागोस टापुदेखि आर्कटिक महासागरसम्मका गन्तव्यहरूको जानकारी पाइने यो मेलामा नेपालले नियमित रूपमा सहभागिता जनाउँदै आएको छ।

    विशेष गरी दिगो विकास र वातावरणमैत्री जीवनशैली मन पराउने फिनिस नागरिकका लागि नेपालको ‘इको-टुरिजम’ र शेर्पा संस्कृति मुख्य आकर्षण बन्ने गरेको छ।

    फोटोहरूः नेपाल पर्यटन बोर्ड र बालकृष्ण श्रेष्ठ

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप