संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको नागरिकता लिने विदेशीको सङ्ख्या अहिलेसम्मकै उच्च, बन्यो नयाँ रेकर्ड

सन् २०२५ मा साढे १२ हजारभन्दा बढी विदेशीले फिनिस नागरिकता प्राप्त गरेका छन्। नागरिकता पाउनेमा इराक, रुस, सिरिया, अफगानिस्तान र सोमालियाका नागरिक धेरै छन्।

संक्षेपमा


  • गत वर्ष १२,५०० भन्दा बढी विदेशीले प्राप्त गरे फिनिस नागरिकता।
  • नियम कडा हुनुअघि आवेदन दिनेको ठूलो चाप।
  • आगामी वर्षदेखि नागरिकता परीक्षा अनिवार्य गर्ने तयारी।

फिनल्यान्डमा नागरिकता पाउने विदेशीहरूको संख्याले गत वर्ष अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ। सन् २०२५ को नोभेम्बर सम्ममा मात्रै १२,५४७ जनाले नागरिकता प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको छ।

यो संख्या सन् २०२४ को कुल संख्या १२,४१७ भन्दा पनि बढी हो। डिसेम्बर महिनाको तथ्यांक समेटिनु अघि नै यसले पुरानो रेकर्ड तोडेको Uutissuomalainen ले उल्लेख गरेको छ।

अध्यागमन विभाग (मिग्री) की मारी लुक्कोनेनले पुराना आवेदनहरूको फछ्र्यौट तीव्र पारिएकाले संख्या बढेको बताइन्। सरकारले नागरिकता सम्बन्धी नियममा कडाइ गर्ने भएपछि आवेदन दिनेको संख्या ह्वात्तै बढेको हो।

पेत्तेरी ओर्पो नेतृत्वको सरकारले ल्याएको नयाँ व्यवस्था लागू हुनुअघि नै नागरिकता लिन विदेशीहरू हतारिएका देखिन्छन्। यसले गर्दा अघिल्ला वर्षहरूको तुलनामा आवेदनको चाप धेरै भएको हो।

अर्कोतर्फ सन् २०१५ मा ठूलो संख्यामा शरणार्थीका रूपमा आएका व्यक्तिहरू अहिले नागरिकताका लागि योग्य भएका हुन्। गत वर्ष नागरिकता पाउनेमा इराक, रुस, सिरिया, अफगानिस्तान र सोमालियाका नागरिक धेरै छन्।

यस्तै टर्की, युक्रेन र एस्टोनियाका नागरिकले पनि उल्लेख्य संख्यामा नागरिकता प्राप्त गरेका छन्। आगामी वर्ष सन् २०२७ को सुरुदेखि सरकारले ‘नागरिकता परीक्षा’ समेत अनिवार्य गर्ने लक्ष्य राखेको छ।

मारी लुक्कोनेनका अनुसार आगामी वर्षहरूमा पनि नागरिकताका लागि आउने आवेदनको संख्या उच्च नै रहने अनुमान छ। अहिलेको वृद्धिलाई अध्यागमन प्रशासनको सक्रियता र नीतिगत परिवर्तनको परिणाम मानिएको छ।

फिनल्यान्ड सरकारले हालै नागरिकता प्राप्त गर्नका लागि आवश्यक बसोबासको समय अवधि ५ वर्षबाट बढाएर ८ वर्ष पुर्‍याएको छ। यसका साथै आवेदकको कमाइको स्रोत र भाषा दक्षतामा पनि नयाँ र कडा मापदण्डहरू तय गरिएका छन्।

नयाँ ‘नागरिकता परीक्षा’ ले आवेदकको फिनिस समाज, इतिहास र कानुनबारेको ज्ञान परीक्षण गर्नेछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप