संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा महिलाका लागि मात्रै लक्षित विशेष ट्याक्सी सेवा सुरु, पुरुषलाई प्रवेश निषेध

राजधानी क्षेत्रमा सुरु भएको 'क्लब वोवो' ले सुरक्षाको कारण देखाउँदै महिला र बालबालिकालाई मात्र सेवा दिने भएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • महिला सुरक्षाका लागि पुरुष यात्रुलाई सेवामा प्रतिबन्ध।
  • क्लबको सदस्यता लिएपछि मात्र ट्याक्सी बुकिङ सुविधा।
  • एपमार्फत देशभर सेवा विस्तारको योजना।

हेलसिन्की राजधानी क्षेत्रमा पुरुष यात्रु बोक्न अस्वीकार गर्ने एक नयाँ ट्याक्सी कम्पनी सञ्चालनमा आएको छ।

क्लब वोवो (Club WOWO) नाम गरेको यो कम्पनीले केवल महिला र बालबालिकालाई मात्र आफ्ना ट्याक्सीमा यात्राको अनुमति दिनेछ। वोवो ट्याक्सीका चालकहरू समेत सबै महिला हुनेछन्।

कम्पनीको नाममा रहेको WOWO को अर्थ ‘वुमन टु वुमन’ अर्थात् ‘महिलाबाट महिलालाई’ भन्ने हो।

यसको अवधारणा एस्पोकी पिया सोमेरभुआले ल्याएकी हुन्। विगत १० वर्षदेखि एक्लै ट्याक्सी चढ्न डराएपछि उनले यो जुक्ति निकालेको फिनिस भाषाको इल्ता सानोमात पत्रिकालाई दिएको प्रतिक्रियामा उनले बताएकी छिन्।

विज्ञापन

“मैले ट्याक्सी प्रयोग गर्न डर लाग्ने भन्दै कन्सर्टबाट घर जान गाह्रो भएको गुनासो पतिसँग गरेकी थिएँ,” सोमेरभुआले भनेकी छिन्।

उनले ट्याक्सीमा भएका घटनाबारे पढेको र सुनेका कारण डर लाग्ने बताएकी हुन्।

उनी बाहेक उनका तीनजना पुराना साथीहरू मिलेर यो नयाँ कम्पनी संचालनमा ल्याएका हुन्।

ट्याक्सीमा महिलाले सबैभन्दा सुरक्षित महसुस गर्न चालक पनि महिला नै हुनुपर्छ भन्ने अवधारणामा आधारित रहेर उनीहरूले यो व्यवसायको सुरुवात गरेका हुन्।

सुरुमा उनले समानता आयुक्त (Equality Ombudsman) सँग यो अवधारणा कानुनी छ कि छैन भनेर पनि सोधेकी थिइन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

कसरी गर्ने प्रयोग?

यो एक ‘क्लब’ भएकाले यसमा सदस्यता लिएर मात्र ट्याक्सी अर्डर गर्न पाइन्छ। सुरुमा सदस्यता दर्ता गर्दा १ युरो सदस्यता शुल्क लाग्नेछ। त्यसपछि ट्याक्सी चढेे अनुसार पैसा तिर्नु पर्नेछ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

क्लबको सदस्य बन्न महिला हुनुपर्छ र सदस्यता लिँदा लिङ्ग पुष्टि गरिन्छ। सदस्यहरूले आफ्ना बालबालिका साथमा लैजान सक्नेछन् तर १४ वर्षभन्दा माथिका छोराहरूलाई भने यी ट्याक्सी चढ्ने अनुमति हुने छैन।

कम्पनीले महिला चालक खोज्न थालेपछि ट्याक्सी चालकहरूको फेसबुक समूहमा हंगामा मच्चिएको स्थानीय मिडियाले लेखेका छन्। विशेष गरी पुरुष ट्याक्सी चालकहरूले यसको विरोध गरेका थिए।

फेसबुक समूहमा कतिपयले यसलाई गैरकानुनी भनेका थिए भने कतिपयले अश्लील टिप्पणी पनि गरेका थिए।

तर धेरै महिला चालकहरूले भने यो अवधारणाप्रति उत्साह देखाएका छन्।

हाल ‘क्लब वोवो’ परीक्षण चरणमा छ। अहिले वेबसाइटमार्फत २४ घण्टा अगाडि नै ट्याक्सी बुक गर्नुपर्छ।

करिब तीन महिनाभित्र मोबाइल एप तयार भएपछि तत्काल ट्याक्सी बोलाउन सकिने कम्पनीले जानकारी दिएको छ।

अहिले हेलसिन्की र आसपासका क्षेत्रमा मात्र यो सेवा उपलब्ध छ। भविष्यमा पूरै फिनल्यान्डभरी सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।

फिनल्यान्डमा सन् २०१८ मा भएको ट्याक्सी कानुन सुधारपछि ट्याक्सी सेवाको गुणस्तर र सुरक्षामा ह्रास आएको गुनासो बढ्दो छ।

मूल्यमा एकरूपता नहुनु र कहिलेकाहीँ चालकहरूको व्यवहारका कारण विशेष गरी रात्रिकालीन समयमा एक्लै यात्रा गर्ने महिलाहरूले असुरक्षित महसुस गर्ने गरेका छन्।

यो नयाँ सेवाले फिनल्यान्डमा बस्ने नेपाली महिलाहरूलाई पनि सुरक्षित यात्राको विकल्प वा रोजगारीको अवसर (महिला चालकको रूपमा) प्रदान गर्न सक्ने देखिन्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप