0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    यस्तो थियो एस्पोको स्कुलमा भएको आप्रवासी लक्षित डरलाग्दो आक्रमण प्रयास

    अभियुक्तको योजनामा "आप्रवासी, वामपन्थी, पारलैंगिक र समलिङ्गी" हरूलाई सकेसम्म धेरै मार्ने उल्लेख थियो।

    संक्षेपमा


    • आप्रवासी र अल्पसंख्यक समुदायमाथि आक्रमण गर्ने पूर्वयोजना।
    • स्कुलका कर्मचारीको हस्तक्षेपले ठूलो दुर्घटना टर्यो।
    • अदालतले दियो अभियुक्तको मानसिक स्वास्थ्य परीक्षणको आदेश।

    फिनल्यान्डको एस्पोस्थित Ammattiopisto Live नामक एक भोकेसनल स्कुलमा गत सेप्टेम्बरमा आप्रवासी विद्यार्थीलाई लक्षित गरेर चक्कु आक्रमणको प्रयास भएको खुलेको छ।

    सो घटनापछि प्रहरीले कुनै जानकारी नगराए पनि अहिले अदालतको आदेश पछि उक्त घटना बाहिर आएको हो।

    उक्त आक्रमणकारी गोरा जातिको सर्वोच्चतामा विश्वास गर्ने नर्वेली दक्षिणपन्थी आतंकवादी एन्डर्स ब्रेभिकबाट प्रेरित रहेको समेत खुलेको छ।

    लान्सी-उसिमा जिल्ला अदालतले आक्रमणको अभियोग लागेका सो स्कुलका पूर्व विद्यार्थीलाई मानसिक स्वास्थ्य परीक्षणका लागि पठाउने फैसला गरेको छ।

    सरकारी वकिलले ती पूर्व विद्यार्थीविरुद्ध गम्भीर अपराधको तयारी र ज्यान मार्ने उद्योगको अभियोग लगाएका छन्।

    के थियो घटना?

    ती युवक गत सेप्टेम्बर २९ को बिहान उक्त भोकेसनल स्कुलमा झोलामा १७ सेन्टिमिटर लामो भान्सामा प्रयोग हुने चक्कु बोकेर पुगेका थिए।

    अदालती रिपोर्टमा उल्लेख भएअनुसार स्कुल पुगेपछि उनले शौचालयमा गएर चक्कु हातमा लिई आफ्नो भिडियो बनाएका थिए।

    त्यसपछि उनले स्कुलको तेस्रो तल्लाको ‘ब्रेक रुम’मा रहेका दुईजना आप्रवासी मूलका विद्यार्थीलाई चक्कुले प्रहार गर्ने प्रयास गरेका थिए।

    सौभाग्यवश आक्रमणकारीको निसाना चुकेपछि पीडितहरू भाग्न सफल भएका थिए।

    कलेजका कर्मचारीले तत्काल हस्तक्षेप गरी आक्रमणकारीलाई रोक्न सफल भएका थिए।

    कलेजका कर्मचारीले तत्काल हस्तक्षेप गरी आक्रमणकारीलाई रोक्न सफल भएका थिए।

    अदालतको विवरणअनुसार आक्रमणकारीले घटनाको अघिल्लो रात नर्वेली आतंकवादी एन्डर्स ब्रेभिकसँग सम्बन्धित सामग्री र हिंसात्मक भिडियोहरू हेरेका थिए।

    उनले एउटा छोटो घोषणापत्र (म्यानिफेस्टो) पनि लेखेका थिए, जहाँ उनले कलेजका विद्यार्थी र कर्मचारीलाई हानि पुर्‍याउने योजना बनाएको उल्लेख छ।

    उनको योजनामा “आप्रवासी, वामपन्थी, पारलैंगिक र समलिङ्गी” हरूलाई सकेसम्म धेरै मार्ने उल्लेख थियो।

    घोषणा पत्रमा उनले स्कुलको वातावरण एकदमै वामपन्थी विचारधाराको भएको र त्यहाँ आप्रवासीहरूको संख्या धेरै भएको अनि उनीहरूलाई अलि बढी नै सहयोग गरिएको भन्दै आलोचना गरेको थियो।

    उनले आफ्नै पूर्व स्कुललाई छान्नुको कारण चिरपरिचित ठाउँ र त्यहाँको समय तालिकाबारे उनी जानकार हुनु थियो।

    सिसिटिभी फुटेजमा देखिएअनुसार कर्मचारीले चक्कु खोस्नुअघि उनले दाहिने हात उठाएर “नाजी अभिवादन” समेत गरेका थिए।

    प्रहरीको पहिलो टोली घटनास्थल पुग्दा भने उनी एक पुरुष शिक्षकसँग कक्षाकोठामा शान्त भएर बसिरहेका थिए।

    प्रहरीले पछि बयान लिँदा उनले आफूलाई गोली हान्न अनुरोध समेत गरेका थिए। अदालतले आफ्नो अन्तरिम फैसलामा अभियुक्तलाई मानसिक अवस्थाको जाँच गर्न आदेश दिएको छ।

    नर्वेका दक्षिणपन्थी आतंकवादी एन्डर्स ब्रेभिकले सन् २०११ मा ७७ जनाको हत्या गरेका थिए, जसमध्ये अधिकांश नरमपन्थी विचार राख्ने किशोरकिशोरी थिए।

    युरोपभरिका आप्रवासी विरोधी र अतिवादीहरूले उनलाई अक्सर ‘प्रेरणा’को स्रोत मान्ने गरेको पाइन्छ, जसको प्रभाव फिनल्यान्डका युवाहरूमा पनि फाट्टफुट्ट देखिने गरेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप