0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा पर्यटकलाई अपार्टमेन्ट भाडामा दिने १४ जनाको सम्झौता खारेज

    अनुमतिबिनै हेका (Heka) का अपार्टमेन्ट एयरबीएनबी (Airbnb) मार्फत पर्यटकलाई भाडामा दिइएको पाइएपछि सम्झौता खारेजीको प्रक्रिया सुरु गरिएको हो।

    संक्षेपमा


    • १४ अपार्टमेन्टमा अनुमति बिना भाडामा दिएको (सबलेटिङ) फेला।
    • हेकाद्वारा अपार्टमेन्टलाई कमाइको माध्यम बनाउन नदिन कडा चेतावनी।
    • शंकास्पद गतिविधि देखिएमा जानकारी गराउन बासिन्दालाई आग्रह।

    हेलसिन्की नगरपालिकाको स्वामित्वमा रहेको हाउसिङ कम्पनी Heka का १४ वटा अपार्टमेन्टमा अनुमति बिनै Airbnb मार्फत् अन्यलाई भाडामा दिएको पाइए पछि उनीहरूको भाडा सम्झौता खारेज गर्ने प्रक्रिया अघि बढेको छ।

    फिनल्यान्डकै सबैभन्दा ठूलो घरधनी मानिने हेकासँग करिब ५५ हजार ४ सय अपार्टमेन्ट छन्। कम्पनीले अब आफ्ना अपार्टमेन्टहरूको निगरानी अझ कडा बनाउने बताएको छ।

    सन् २०२५ को अन्त्यदेखि नै हेकाले छोटो अवधिको लागि अपार्टमेन्ट भाडामा दिन (सबलेटिङ) पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो।

    यद्यपि Airbnb जस्ता प्लेटफर्ममा ती अपार्टमेन्टहरू अझै पनि भाडामा उपलब्ध रहेको पाइएको हो।

    यसअघि हेकाको अनुमति लिएर वर्षमा एक पटक छोटो समयका लागि अर्को व्यक्तिलाई भाडामा दिन पाइने व्यवस्था थियो। तर अब नियम उल्लंघन गर्ने जो कोहीलाई कम्तिमा चेतावनी दिइनेछ।

    बारम्बार वा लामो समयसम्म नियमविपरीत भाडामा दिएको पाइएमा सम्झौता खारेज नै हुन सक्छ। अहिले फेला परेका सबै १४ वटा घटनामा घरभाडा कानुनअनुसार सम्झौता रद्द वा खारेज गर्ने प्रक्रिया सुरु गरिएको छ।

    कम्पनीले Airbnb लगायतका प्लेटफर्मबाट विज्ञापन हटाउन नसक्ने बताएको छ। यद्यपि विज्ञापन राखिएकै भरमा पनि खारेजीको प्रक्रिया भने नरोकिने स्पष्ट पारेको छ।

    हेकाकी प्रमुख कार्यकारी अधिकृत मारिया अस्पालाले अपार्टमेन्टलाई आम्दानीको माध्यम बनाउने कार्य रोक्न चाहेको बताइन्।

    उनले आफ्नै भवनमा कसैले नियमविपरीत अपार्टमेन्ट भाडामा दिएको शंका लागेमा हेकालाई जानकारी गराउनसमेत आग्रह गरिन्।

    फिनल्यान्डमा नगरपालिका वा सहरको स्वामित्वमा रहेका अपार्टमेन्टहरू (जस्तै हेका) बजार भाउभन्दा सस्तोमा उपलब्ध हुन्छन्। यस्ता अपार्टमेन्टहरू विशेषगरी कम आम्दानी भएका वा आवासको सख्त आवश्यकता भएका व्यक्तिहरूलाई सहुलियत दरमा दिइने गरिन्छ।

    सहुलियतमा पाएको अपार्टमेन्टलाई Airbnb जस्ता प्लेटफर्ममा राखेर नाफा कमाउनुलाई गैरकानुनी र अनैतिक मानिन्छ। राजधानी हेलसिन्कीमा घरभाडा महँगो भएकाले सस्तो मूल्यका हेका अपार्टमेन्ट पाउन लामो समयसम्म लाइनमा पर्खिनुपर्ने अवस्था छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप