0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    उद्यमी बन्ने सुवर्ण अवसर: भान्तामा रेस्टुरेन्ट सञ्चालन सम्बन्धी नि:शुल्क प्रशिक्षण सुरु हुँदै

    भान्ताको भारिया (Varia) व्यावसायिक कलेजले रेस्टुरेन्ट उद्यमी बन्न चाहनेहरूका लागि विशेष छोटो तालिम सुरु गर्ने भएको हो।

    संक्षेपमा


    • मार्च ४ राती १२ बजेसम्म आवेदन दिनुपर्ने।
    • भान्ताका बेरोजगार नागरिकका लागि नि:शुल्क तालिम।
    • प्रशिक्षणको भाषा फिनिस।

    फिनल्यान्डको भान्ता सहरमा आफ्नै रेस्टुरेन्ट खोल्ने सपना देख्नेहरूका लागि छोटो अवधिको तालिम सञ्चालन हुने भएको छ।

    भान्ताको व्यावसायिक कलेज भारियाले उक्त तालिम सञ्चालन गर्ने भएको हो।

    तालिमले नयाँ उद्यमीहरूलाई व्यवसायको व्यावहारिक पक्ष, आर्थिक व्यवस्थापन र ग्राहक खोज्ने तरिकाबारे प्रशिक्षण दिनेछ।

    तालिम मार्च ३० देखि सुरु हुनेछ भने १७ अप्रिलमा सकिनेछ। इच्छुक व्यक्तिले Opintopolku वेबसाइटमार्फत मार्च ४ सम्म आवेदन दिन सक्नेछन्।

    भारियाकी ग्राहक व्यवस्थापक इङ्का आभेरिनका अनुसार यो तालिम व्यवसायिक सोच भएकाहरूका लागि उपयोगी छ। तालिममा कम्पनीको वित्त व्यवस्थापन र दैनिक कार्य सञ्चालनबारे सिकाइनेछ।

    आभेरिनले हेलसिन्गिन उतिसेतलाई दिएको प्रतिक्रियामा व्यवसाय सुरु गर्नुअघि सावधानीपूर्वक योजना बनाउनु पर्नेमा जोड दिएकी छन्।

    “उद्यमी बन्नका लागि विचार र उत्साह हुनु राम्रो हो, तर योजना बलियो हुनुपर्छ,” आभेरिन भन्छिन्।

    तालिम बिजनेस भान्तासँगको सहकार्यमा आयोजना गरिएको हो। धेरै मानिसले रेस्टुरेन्ट खोल्ने इच्छा देखाएपछि यो आवश्यकता महसुस गरिएको थियो।

    अहिलेको लागि तालिमको भाषा फिनिस तोकिएको छ। आभेरिनका अनुसार भविष्यमा यो तालिम अंग्रेजी भाषामा पनि सञ्चालन गर्नेबारे विचार भइरहेको छ।

    रेस्टुरेन्ट क्षेत्रमा पहिलेको अनुभव नभए पनि आवेदन दिन सकिनेछ।

    फिनल्यान्डमा रेस्टुरेन्ट व्यवसाय सुरु गर्नका लागि केही कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्छ। उक्त जानकारी सो तालिममा दिइनेछ।

    भान्ता फिनल्यान्डको चौथो ठूलो सहर हो। यहाँ आप्रवासीहरूको बाक्लो उपस्थिति रहेकाले बहुसांस्कृतिक रेस्टुरेन्टहरूको राम्रो सम्भावना छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप