संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा आणविक हतियार राख्न पाइने कानुन बन्दै, रुष्ट छिमेकी रुसको कडा प्रतिक्रिया

फिनल्यान्डले आफ्नो भूमिमा आणविक हतियार राख्न लगाइएको दशकौँ पुरानो प्रतिबन्ध हटाउने योजना बनाएपछि रूसले सुरक्षा जोखिम बढ्ने भन्दै कडा प्रतिक्रिया जनाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • आणविक हतियारमाथिको प्रतिबन्ध हटाउने फिनल्यान्ड सरकारको नयाँ प्रस्ताव।
  • फिनल्यान्डलाई थप असुरक्षित बनाउने र युरोपमा तनाव बढाउने रूसको दाबी।
  • नेटोको आणविक योजनामा पूर्ण रूपमा सहभागी हुने फिनल्यान्डको लक्ष्य।

फिनल्यान्ड सरकारले आफ्नो भूमिमा आणविक हतियार ल्याउन वा राख्न लगाइएको लामो समयदेखिको कानुनी प्रतिबन्ध हटाउने प्रस्ताव गरेको छ।

उक्त कदमको रूसले कडा आलोचना गर्दै यसले फिनल्यान्डलाई अझ बढी असुरक्षित बनाउने र युरोपमा तनाव बढाउने चेतावनी दिएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले फिनल्यान्डको यो निर्णयले रूसलाई खतरा पुऱ्याउने र त्यसको उचित जवाफ दिइने मस्कोमा पत्रकारहरूलाई बताए।

उनले फिनल्यान्डका अधिकारीहरूका कारण देशको सुरक्षा जोखिममा परेको टिप्पणी गरे।

विज्ञापन

फिनल्यान्डको सन् १९८७ को आणविक ऊर्जा ऐनले शान्ति वा युद्ध दुवै समयमा आणविक विष्फोटक पदार्थको आयात, निर्माण र कब्जामा पूर्ण रोक लगाएको छ। तर अब सो ऐन परिवर्तन गर्न लागिएको हो।

प्रस्तावित नयाँ व्यवस्थाले फिनल्यान्डको रक्षाका लागि आवश्यक परेको खण्डमा आणविक हतियार ओसारपसार वा भण्डारण गर्न अनुमति दिनेछ। यो प्रस्तावमाथि अप्रिल २ सम्म परामर्श गरिने र त्यसपछि औपचारिक रूपमा संसदमा पेश गरिनेछ।

फिनल्यान्ड भन्छ-सुरक्षा आवश्यकता हो।

फिनल्यान्ड र स्विडेन दुवैले लामो समयसम्म सैन्य रूपमा तटस्थ रहने नीति अपनाएका थिए। तर युक्रेनमा रूसको आक्रमणपछि सन् २०२३ र २०२४ मा दुबै देशहरू नेटोमा सामेल भएका हुन्।

फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले भने यो निर्णय कुनै तत्कालको सुरक्षा खतराका कारण नभएको स्पष्ट पारेका छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यो नेटोको आणविक योजनामा पूर्ण रूपमा सहभागी हुने र आफ्ना नर्डिक छिमेकीहरूको नीतिसँग मिल्दोजुल्दो हुने प्रक्रिया मात्र भएको उनले बताए।

रक्षामन्त्री आन्ती हाक्कानेनले सन् २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि युरोपको सुरक्षा वातावरण पूर्ण रूपमा बदलिएको र सन् १९८७ को आणविक ऊर्जा ऐनमा संशोधन गर्नु फिनल्यान्डको रक्षाका लागि आवश्यक रहेको उल्लेख गरेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

स्विडेनले पनि परिस्थितिले माग गरेमा आफ्नो नीति परिवर्तन हुन सक्ने संकेत दिएको छ। प्रधानमन्त्री उल्फ क्रिस्तेरसनले देशको अवस्था पूर्ण रूपमा फरक भएमा विदेशी सेना वा आणविक हतियार नराख्ने वर्तमान नीति लागू नहुने बिबिसीलाई बताएका छन्।

फिनल्यान्ड र रूसबीच १,३४० किलोमिटर लामो साझा सीमा रहेको छ। सन् २०२३ मा नेटोको सदस्य बनेपछि फिनल्यान्डले आफ्नो सुरक्षा नीतिमा यस्ता थुप्रै रणनीतिक परिवर्तनहरू गर्दै आएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप