0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा अब कुकुर दर्ता अनिवार्य, नियम मिच्नेलाई हुनेछ चर्को जरिवाना

    राज्यको दर्ता प्रणालीमा आफ्नो कुकुरको विवरण नबुझाउने हजारौं मालिकहरूले जरिवाना तिर्नु पर्नेछ।

    संक्षेपमा


    • करिब ४ लाख कुकुरहरू अझै पनि राज्यको आधिकारिक दर्ता प्रणालीमा दर्ता छैनन्।
    • आउँदो अप्रिल-मे महिनादेखि दर्ता नगर्ने मालिकहरूलाई ३००-५००० युरो जरिवाना तिराइने।
    • कुकुर प्रजनन र कुकुरहरूलाई बेवारिसे छोड्ने प्रवृत्ति कम गर्नु मुख्य उद्देश्य।

    फिनल्यान्डमा आफ्नो कुकुरलाई राज्यको अनिवार्य दर्ता प्रणालीमा दर्ता नगर्ने मालिकहरूले अब कडा जरिवानाको सामना गर्नुपर्ने भएको छ।

    आउँदो अप्रिल वा मे महिनादेखि लागू हुने नयाँ कानुन अनुसार कुकुर दर्ता नगरेको पाइएमा मालिकहरूलाई तीन सय युरो देखी पाँच हजार युरोसम्म जरिवाना तिराइने छ।

    हालसम्म नियम उल्लंघन गर्नेहरूलाई केवल चेतावनी मात्र दिइने गरिएको थियो, तर अब भने यो नियमलाई कडाइका साथ जरिवानासहित लागू गर्न लागिएको हो।

    फिनल्यान्डमा मे २०२३ देखि कुकुर दर्ता प्रणाली सुरु गरिएको थियो। उक्त नियम अनुसार सबै कुकुरहरू (मिश्रित जातका समेत) लाई माइक्रोचिप जडान गरी राज्यको दर्ता प्रणालीमा दर्ता गराउनु अनिवार्य छ।

    करिब तीन वर्षको अवधिमा जम्मा ४ लाख कुकुरहरू मात्र दर्ता भएका छन्, जुन फिनल्यान्डमा रहेको कुल ८ लाख कुकुरहरूको करिब आधा मात्र हो।

    धेरै कुकुर मालिकहरूले दर्ता गर्नुपर्ने नियमको बेवास्ता गरेको कारण सरकारले जरिवानाको नियम ल्याउनु परेको हो।

    फिनल्यान्डको केनेल क्लब Kennelliitto को आफ्नै छुट्टै दर्ता प्रणाली भएका कारणले पनि धेरै मालिकहरू झुक्किएको र उनीहरूले राज्यको आधिकारिक प्रणालीमा दर्ता गर्न आवश्यक नठानेको स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्।

    दर्ता अभियानको मुख्य उद्देश्य अवैध रूपमा सञ्चालन गरिने कुकुर प्रजनन केन्द्रहरू (पप्पी मिल) लाई नियन्त्रण गर्नु हो। साथै यसले कुकुरहरूको अवैध आयातलाई रोक्न र घरपालुवा जनावरलाई बेवारिसे छोड्ने क्रमलाई घटाउन मद्दत गर्ने विश्वास लिइएको छ।

    नियम अनुसार कुकुरको बच्चा जन्मिएको ३ महिना भित्रै दर्ता गरिसक्नुपर्छ, जसको लागि १० युरो (अनलाइन गर्दा) २० युरो (पेपरमा गर्दा) सम्म शुल्क लाग्छ।

    आगामी चार वर्षभित्र युरोपेली संघका अन्य देशहरूसँगै फिनल्याण्डमा पनि बिरालोहरूको लागि समेत यस्तै अनिवार्य दर्ता प्रणाली लागू गर्ने तयारी भइरहेको छ।

    यदि तपाईंले पनि दर्ता नगरी कुकुर पाल्नु भएको छ भने यो दर्ता प्रणालीमा गएर दर्ता गर्नुहोस्

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप