0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा ३० वर्ष पुरानो नि:शुल्क खाद्य वितरण सेवा बन्द हुँदै, कारण छ यस्तो

    पसलहरूमा खाद्यान्न बचत कम हुने तर सेवाग्राहीको संख्या भने ह्वात्तै बढेपछि मिल्ल्यूपुरोको ऐतिहासिक सेवा अन्त्य हुन लागेको हो।

    संक्षेपमा


    • मिल्ल्यूपुरोमा ३० वर्षदेखि जारी खाद्यान्न सहयोग बन्द हुने।
    • पसलहरूमा खाद्य सामग्री खेर जाने क्रम उल्लेख्य रुपमा घट्यो।
    • विदेशी विद्यार्थीहरूबिच पनि खाद्यान्न सहयोगको आवश्यकता बढ्दो।

    फिनल्यान्डको राजधानी हेलसिन्कीस्थित मिल्ल्यूपुरोमा रहेको र ३० वर्षदेखि चल्दै आएको नि:शुल्क खाद्य वितरण सेवा अब बन्द हुने भएको छ।

    पसलहरूमा खेर जाने खानाको मात्रा घटेका कारण यो सेवालाई निरन्तरता दिन असम्भव भएको हो।

    मिल्ल्यूपुरो खाद्य सहायता संघकी अध्यक्ष तथा हेर्तोनिएमी चर्चकी पादरी मिन्नामारी हेलासेप्प्याले एक विज्ञप्ति मार्फत यो जानकारी दिएकी हुन्।

    पसलहरूको सुधारिएको व्यवस्थापन र सस्तो मूल्यका (रातो स्टिकर टाँसिएका) सामग्रीको माग बढेकाले वितरणका लागि खाना नपुगेको उनले बताइन्।

    यो सेवा सन् १९९० को दशकको आर्थिक मन्दीका बेला गरिबी निवारणका लागि सुरु गरिएको थियो। पछिल्लो समय एक पटकमा एक हजारभन्दा बढी मानिस सहयोगका लागि लाइनमा बस्ने गरेको तथ्यांक छ।

    हेलसिन्की वरपर बस्ने नेपाली विद्यार्थीहरुले पनि उक्त स्थानबाट खाद्य सामाग्री लिने गरेका थिए।

    अहिले धेरैजसो सहयोगका आकांक्षीहरूलाई खाली हात फर्काउनु पर्ने बाध्यता रहेको हेलासेप्प्याले विज्ञप्तिमा बताएकी छन्। उपलब्ध हुने खाना पनि पर्याप्त र विविधतापूर्ण नभएको उनको भनाइ छ।

    मिल्ल्यूपुरोमा यो सेवा आगामी अप्रिलको अन्त्यसम्म मात्र चल्ने सम्भावना रहेको बताइएको छ। त्यसपछि पूर्वी हेलसिन्कीमा कुनै पनि स्थायी खाद्य वितरण केन्द्र रहने छैन।

    खाद्य सहायताको आवश्यकता पर्ने व्यक्तिहरूले अब माल्मी वा अल्पिक्युलाका केन्द्रहरूमा जानुपर्ने हुन्छ। यसबारे विस्तृत जानकारी ruoka-apu.fi वेबसाइटमा उपलब्ध छ।

    खाद्य सहायता लिनेहरूमा अहिले नयाँ समूहहरू पनि थपिएका छन्। विशेषगरी विदेशी विद्यार्थीहरू र न्यून आय भएका मानिसहरूको संख्या बढ्दो क्रममा छ।

    हेलसिन्कीमा अझै पनि १०० भन्दा बढी साना-ठूला निकायहरूले विभिन्न स्थानमा खाना वितरण वा सस्तो मूल्यमा खाना खुवाउने काम गरिरहेका छन्।

    फिनल्यान्डमा खाद्य बैंकहरूले मुख्यतया पसलहरूमा म्याद सकिन लागेका वा बाहिरी प्याकेजिङ बिग्रिएका तर खान योग्य सामानहरू संकलन गर्छन्।

    पछिल्लो समय मानिसहरूले महँगी वा बेरोजगारीका कारण पसलमै राखिएका सस्तो मूल्यका ‘डिस्काउन्ट’ सामानहरू बढी किन्न थालेपछि यस्ता संस्थाहरूलाई प्राप्त हुने खाद्यान्नमा कमी आएको हो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप