विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

भान्ताको कोर्सोमा खुल्यो ‘नमस्ते मार्केट’, नेपाली र अफ्रो-एसियाली उत्पादन पाइने

भान्ताको कोर्साेमा नेपाली र अफ्रो-एसियाली उत्पादन पाइने 'नमस्ते मार्केट' सञ्चालनमा आएको छ।

संक्षेपमा


  • भान्ताको कोर्सोमा नेपाली र अफ्रो-एसियाली स्टोरको सुरुवात।
  • नजिकका साथीहरूको समूहद्वारा पहिलो व्यावसायिक पहल।
  • नेपाली स्वाद र मौलिक उत्पादनहरू उपलब्ध हुने।

फिनल्यान्डको भान्तास्थित कोर्सो क्षेत्रमा नेपालीहरूको लगानीमा नयाँ व्यवसाय सुरु भएको छ। नमस्ते मार्केट नाम दिइएको ग्रोसरी स्टोरले शनिबारदेखि आफ्नो सेवा आधिकारिक रूपमा सुरु गरेको हो।

स्टोर कोर्सोस्थित Maakotkantie 6B मा अवस्थित छ। हिजो शनिबार बिहान ११:०० बजे एक विशेष कार्यक्रमका बीच स्टोरको उद्घाटन गरिएको थियो।

सञ्चालकहरूका अनुसार यो उनीहरूको फिनल्यान्डमा पहिलो व्यावसायिक लगानी हो। नजिकका साथीहरूको समूह मिलेर यो व्यवसायिक यात्रा सुरु गरेका हुन्।

नमस्ते मार्केटमा नेपाली स्वाद सम्झाउने विभिन्न खाद्य र अन्य सामग्रीहरू उपलब्ध छन्। स्टोरले विशेषगरी फिनल्यान्डमा रहेका नेपाली र अफ्रो-एसियाली समुदायलाई लक्षित गरेको छ।

सञ्चालकहरूले सबैलाई स्टोरमा आएर नेपाली र मौलिक स्वादको अनुभव लिन आग्रह गरेका छन्। भान्ताका कोर्सो, साभियो, कोइभुकुला आदी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि यो स्टोर पायक पर्ने स्थानमा छ।

विज्ञापन
विज्ञापन सकियो

फिनल्यान्डमा नेपाली आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा नेपाली व्यवसायहरू पनि विस्तार भइरहेका छन्। हेलसिन्की, भान्ता र एस्पो जस्ता मुख्य सहरहरूमा नेपाली रेस्टुरेन्ट र खाद्यान्न स्टोरहरूको संख्या र माग बढ्दो छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप