संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा आजदेखि ग्रीष्मकालीन समय सुरु, घडी एक घण्टा अगाडि

युरोपेली संघको नियम अनुसार फिनल्यान्डमा आइतबार बिहानदेखि आधिकारिक रूपमा ग्रीष्मकालीन समय लागू भएको छ।

संक्षेपमा


  • आइतबार राति घडी एक घण्टा अगाडि सारियो।
  • सन् १९८१ देखि फिनल्यान्डमा यो नियम लागू।
  • युरोपेली संघका सबै देशमा एकैसाथ समय परिवर्तन।

फिनल्यान्डमा आधिकारिक रूपमा आजदेखि ग्रीष्मकालीन समय अर्थात् समर टाइम सुरु भएको छ। आइतबार राति ३ बजे घडीको सुईलाई एक घण्टा अगाडि सारेर ४ बनाइएको हो।

यो परिवर्तन फिनल्यान्डमा मात्र नभई युरोपेली संघ (EU) का सबै सदस्य राष्ट्रहरूमा एकै समयमा लागू हुन्छ। युरोपेली संघको निर्देशिका अनुसार सबै सदस्य देशले अनिवार्य रूपमा समय बदल्नु पर्ने कानुनी व्यवस्था छ।

कुनै पनि सदस्य राष्ट्रले एक्लै यो समय परिवर्तनको प्रक्रिया अन्त्य गर्ने निर्णय गर्न पाउँदैनन्। त्यसैले युरोपभरि एकैसाथ समय मिलाउने गरिन्छ।

फिनल्यान्डले सन् १९८१ देखि नियमित रूपमा ग्रीष्मकालीन र हिउँदकालीन समय पालना गर्दै आएको छ। अन्य नर्डिक देशहरूले भने यो नियम फिनल्यान्डभन्दा एक वर्ष अघि अर्थात् १९८० देखि नै सुरु गरेका थिए।

समय परिवर्तनका लागि मार्च र अक्टोबर महिनाको अन्तिम आइतबारलाई रोज्ने गरिन्छ। आइतबार बिहानको समयमा यातायात र अन्य सेवामा कम अवरोध पुग्ने हुनाले यो समय छनोट गरिएको हो।

युरोपेली संसदमा यो समय परिवर्तन गर्ने प्रथा हटाउनेबारे धेरै वर्षदेखि छलफल भइरहेको छ। धेरै मानिसहरूले यसले सुत्ने तालिका र स्वास्थ्यमा असर गर्ने बताउँदै आएका छन्।

तर सदस्य राष्ट्रहरू बीच कुन समयलाई स्थायी बनाउने भन्नेमा सहमति जुट्न नसक्दा यो प्रथा अझै जारी छ।

यो सँगै अब फिनल्यान्ड र नेपालबिचको समयको अन्तर पनि ३ घण्टा ४५ मिनेटको साटो २ घण्टा ४५ मिनेट भएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप