यो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.91 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- एस्पोका विद्यालयमा नेपाली भाषा सिकाउने अवसर।
- साताको ४ देखि ६ घण्टा काम गर्नुपर्ने।
- आवेदन दिने अन्तिम मिति अप्रिल ८ तारिख।
फिनल्यान्डको एस्पो सहरले त्यहाँका विद्यालयहरूमा अध्ययनरत नेपाली मूलका विद्यार्थीहरूलाई आफ्नो मातृभाषा र संस्कृतिसँग जोड्नका लागि नेपाली भाषा शिक्षकको माग गरेको छ।
यो पदका लागि इच्छुक व्यक्तिहरूले आगामी अप्रिल ८, २०२६ को दिउँसो ३:४५ बजेसम्म आवेदन दिन सक्नेछन्।
यो कार्यभार मुख्यतया विद्यार्थीहरूको भाषिक र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनमा केन्द्रित छ। शिक्षकले विद्यार्थीहरूलाई आफ्नो मातृभाषाको विकास गर्न र बहुभाषिकताको महत्त्व बुझाउन सहयोग गर्नुपर्नेछ।
यो एक भ्रमणकारी शिक्षकको पद हो, जसले एस्पोका विभिन्न विद्यालयहरूमा पुगेर अध्यापन गराउनुपर्ने हुन्छ। कक्षाहरू मुख्यतया दिउँसो ३ बजेपछि सञ्चालन हुनेछन्।
सातामा करिब ४ देखि ६ घण्टा पढाउनुपर्ने यो काम अस्थायी प्रकृतिको हो। नियुक्त हुने शिक्षकको सेवा सन् २०२६ अगस्ट १३ देखि सुरु हुनेछ। तलब कम्तिमा घन्टाको ३१ युरो हुनेछ भने अनुभव अनुसार त्यो भन्दा धेरै पनि हुन सक्नेछ।
आवेदकसँग माध्यमिक तहको शिक्षकका लागि आवश्यक शैक्षिक योग्यता हुन जरुरी छ। यदि शैक्षिक योग्यता फिनल्यान्ड बाहिरको भएमा त्यसलाई फिनल्यान्डको राष्ट्रिय शिक्षा एजेन्सीबाट मान्यता प्राप्त गराएको हुनुपर्नेछ।
पूर्ण योग्यता नपुगेका तर अनुभव भएका व्यक्तिहरूले पनि यो अस्थायी पदका लागि आवेदन दिन सक्नेछन्। आवेदकको नेपाली भाषा मातृभाषा सरह हुनुपर्ने र फिनिस भाषामा पनि दख्खल हुनुपर्ने प्रावधान छ।
शिक्षकसँग बालबालिकालाई पढाएको अनुभव र डिजिटल शिक्षण उपकरणहरू प्रयोग गर्ने सीप हुन आवश्यक छ। साथै नियुक्त हुनुअघि कानुनी रूपमा अनिवार्य गरिएको आपराधिक रेकर्डको प्रतिवेदन पेश गर्नुपर्नेछ।
निवेदन यो लिकं मार्फत दिन सकिनेछ।
एस्पो सहरले विविधता र समावेशितालाई प्राथमिकता दिने भएकाले विभिन्न पृष्ठभूमि र उमेरका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गरेको छ। यो रोजगारीले नेपाली समुदायका बालबालिकालाई आफ्नो जरासँग जोडिन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।
फिनल्यान्डमा बसोबास गर्ने आप्रवासी बालबालिकाका लागि स्थानीय नगरपालिकाहरूले उनीहरूको आफ्नै मातृभाषा सिकाउने व्यवस्था मिलाउँछन्। यसलाई फिनल्यान्डमा Oman äidinkielen opetus भनिन्छ। यसको मुख्य उद्देश्य बालबालिकालाई आफ्नो संस्कृति र भाषा बिर्सन नदिनु र उनीहरूको समग्र सिकाइ प्रक्रियालाई सहज बनाउनु हो।








