संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको श्रम बजारमा सुधारको सङ्केत, तीन वर्षपछि देखियो रोजगारीका अवसरमा वृद्धि

मार्च महिनामा ३०,००० भन्दा बढी नयाँ विज्ञापन खुलेपछि श्रम बजारमा सुधारको संकेत देखिएको हो।

संक्षेपमा


  • तीन वर्षपछि रोजगारीको संख्यामा पहिलो पटक वृद्धि।
  • औद्योगिक र मर्मत सम्भार क्षेत्रमा धेरै अवसर।
  • सेवा र पर्यटन क्षेत्रमा भने अझै रोजगारी घट्दो।

फिनल्यान्डको श्रम बजारमा तीन वर्षको अन्तरालपछि पहिलो पटक सुधारको संकेत देखिएको छ।

फिनल्यान्डको प्रमुख रोजगार विज्ञापन पोर्टल मध्येको एक Duunitori का अनुसार मार्च महिनामा विभिन्न क्षेत्रमा रोजगारीका अवसरहरू उल्लेख्य रूपमा बढेका हुन्।

मार्च महिनामा मात्र ३०,००० भन्दा बढी रोजगारीका विज्ञापनहरू प्रकाशित भएका थिए।

फिनल्यान्डमा बेरोजगारी दर १०.५ प्रतिशत पुगेको अवस्थामा यो वृद्धिलाई सकारात्मक रूपमा लिइएको छ।

Duunitori की लोत्ता भिल्यामाका अनुसार पछिल्लो ट्रेन्डले बजारमा स्पष्ट सुधारको प्रारम्भिक संकेत देखिएको छ। यो वृद्धि आगामी दिनमा पनि कायम रहने अपेक्षा उनले गरिन्।

रोजगार कम्पनी बारोनाका अनुसार विशेषज्ञ पदहरूमा रिक्त स्थान गत वर्षको तुलनामा दोब्बर भएको छ। औद्योगिक क्षेत्रमा पनि करिब ३० प्रतिशत बढी अवसर खुलेका छन्।

औद्योगिक क्षेत्रको सुधारले अन्य क्षेत्रलाई पनि अघि बढाउने अपेक्षा गरिएको छ। फिनल्यान्डको श्रम बजार प्रायः औद्योगिक क्षेत्रबाटै सुध्रिन सुरु हुन्छ।

सबैभन्दा धेरै वृद्धि जडान र मर्मतसम्भारको क्षेत्रमा २१ प्रतिशत देखिएको छ। प्रविधि र औद्योगिक उत्पादनका क्षेत्रमा पनि करिब २० प्रतिशतको वृद्धि देखिएको छ।

तर रेस्टुरेन्ट र पर्यटन जस्ता सेवा क्षेत्रमा भने अझै मन्दी छ। यी क्षेत्रमा कामका विज्ञापनहरू अझै घट्दो क्रममा छन्।

केही विशेषज्ञ पदहरूमा अझै पनि दक्ष कामदारको अभाव देखिएको छ। तर समग्रमा रोजगारी खोज्नेहरूको संख्या उपलब्ध पदहरूभन्दा अझै पनि धेरै छ।

फिनल्यान्डमा औद्योगिक क्षेत्रमा सुधार आउनुलाई अर्थतन्त्र चलायमान हुनुको पहिलो खुड्किलो मानिन्छ। सामान्यतया वसन्त ऋतु सुरु भएसँगै निर्माण र मर्मत सम्भारका कामहरू बढ्ने हुनाले पनि मार्च महिनामा यस्तो उत्साह देखिएको हो।

फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूका लागि पनि विशेषगरी प्राविधिक र औद्योगिक क्षेत्रमा नयाँ अवसरहरू सिर्जना हुनु सुखद समाचार हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप