विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा आठ सवारी जलेर नष्टः १४ र १६ वर्षे तीन नाबालिगमाथि अनुसन्धान सुरु  

हेलसिन्कीको रोइहुभुओरीमा भएको आगलागीमा आठ कार नष्ट भएपछि प्रहरीले नाबालिगहरूको समूहमाथि अनुसन्धान सुरु गरेको हो।

संक्षेपमा


  • आठवटा कार जलेर नष्ट, चारवटामा क्षति पुग्यो।
  • आरोपित किशोरहरूको उमेर १४ र १६ वर्ष।
  • मोबाइलमा अन्य किशोरमाथि गरिएको कुटपिटको भिडियो फेला।

हेलसिन्कीको रोइहुभुओरी (Roihuvuori) मा यहि महिनाको सुरुमा भएको भीषण आगलागीमा तीनजना नाबालिग संलग्न रहेको प्रहरीले दाबी गरेको।

घटनामा आठवटा कार पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने अन्य चारवटामा आंशिक क्षति पुगेको थियो।

प्रहरीका अनुसार शङ्कास्पद व्यक्तिहरूमा दुईजना १६ वर्षका र एकजना १४ वर्षका किशोर छन्। उनीहरूमाथि अहिले ‘गम्भीर आपराधिक क्षति’ को मुद्दामा अनुसन्धान भइरहेको छ।

सुरुमा यो आगलागी तरल पदार्थ वा पटाकाका कारण भएको हुन सक्ने अनुमान गरिएको थियो। तर प्रहरीले अहिले ती कुनै पनि कारण नभएको स्पष्ट पारेको छ।

अनुसन्धानका क्रममा प्रहरीले ती किशोरहरूको मोबाइल फोनसमेत जाँच गरेको छ। फोनमा अन्य किशोरमाथि गरिएको शारीरिक हिंसा र कुटपिटका भिडियोहरू समेत फेला परेका छन्।

विज्ञापन
विज्ञापन सकियो

ती भिडियोहरूमा अर्को किशोरलाई कुटपिट गर्दै अपमानित गरिएको दृश्यहरू समावेश छन्। त्यसैले प्रहरीले अहिले कुटपिट र हिंसात्मक सामग्री राखेको छुट्टै अभियोगमा पनि अनुसन्धान सुरु गरेको छ।

प्रहरीले घटनाको विस्तृत विवरण अहिले नै सार्वजनिक गरेको छैन। अनुसन्धान अझै जारी रहेकोले थप तथ्यहरू पछि आउने प्रहरीले बताएका छन्।

फिनल्यान्डको कानुनअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई फौजदारी सजाय हुँदैन। तर उनीहरूले गरेको आर्थिक क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने दायित्व भने रहन्छ र उनीहरूलाई बाल कल्याणकारी निकायको निगरानीमा राखिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप