संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा अचम्मको घटनाः नक्कली प्रहरी बनेर २ लाख ३० हजार युरो ठगी

वृद्धवृद्धालाई निशाना बनाउने ठुलो गिरोह विरुद्धको अनुसन्धान सकिएसँगै मुद्दा अभियोजन प्रक्रियामा अघि बढेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • ५९ देखि ८६ वर्षका वृद्धवृद्धालाई नक्कली प्रहरी बनेर ठगी।
  • कुल ठगी रकममध्ये १ लाख १० हजार युरो पीडितलाई फिर्ता।
  • एस्पोका दुई युवा मुख्य अभियुक्त, मनी लाउन्ड्रिङमा ३० जनामाथि अनुसन्धान।

फिनल्यान्डको पश्चिम-उसिमा प्रहरीले नक्कली प्रहरी बनेर वृद्धवृद्धालाई ठग्ने एउटा ठुलो गिरोहको अनुसन्धान पुरा गरेको छ। उक्त गिरोहले ५९ देखि ८६ वर्षका नागरिकहरूबाट २ लाख ३० हजार युरोभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।

घटना गतवर्ष अप्रिलदेखि जुनसम्मको अवधिमा भएको थियो। ठगीमा संलग्नहरूले प्रहरीको भेषमा फोन गरेर पीडितहरूलाई विश्वासमा पार्ने र बैकमा रहेको पैसा सुरक्षाका कारण भन्दै अर्कै एकाउन्टमा सार्न लगाउने गरेका थिए।

फिनल्यान्डमा प्रहरीप्रति नागरिकको विश्वास निकै उच्च छ। त्यसै कारण पीडितहरूले प्रहरी ठानेका ठगहरूले जे-जे भन्यो त्यही मान्ने गरेका थिए। 

प्रहरी र बैंकको सक्रियताका कारण पीडितहरूको करिब १ लाख १० हजार युरो भने फिर्ता भएको थियो। बाँकी रकमको खोजी र कानुनी प्रक्रिया अझै जारी छ।

विज्ञापन

प्रहरीका अनुसार यो प्रकरणमा एस्पोका २२ वर्षे दुई युवक मुख्य अभियुक्त रहेका छन्। उनीहरूलाई गत जुन महिनामै पक्राउ गरी हिरासतमा राखिएको थियो।

कुनै पनि सरकारी अधिकारीले पैसा “सुरक्षित खाता” मा पठाउन दबाब दिँदैनन्। यस्ता फोन आएमा तुरुन्तै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।

यसरी गर्थे ठगी

प्रहरी अधिकारी यान्ने सारीका अनुसार अभियुक्तहरूले ठगीकै लागि प्रिपेड सिमकार्ड र फोनहरू जोहो गरेका थिए। उनीहरूले योजनाबद्ध रूपमा यो अपराध गरेको देखिन्छ।

ठगीका लागि हेलसिन्की वरिपरिको क्षेत्र र एस्पोबाट फोन गर्ने गरिएको थियो। केही फोन कलहरू भने स्पेनको कोस्टा डेल सोलबाट समेत गरिएको अनुसन्धानले देखाएको छ।

गिरोहले दक्षिण र पूर्वी फिनल्यान्डका नागरिकलाई मुख्य निशाना बनाएको थियो। प्रहरीका अनुसार यो ठगीसँग सम्बन्धित २९ वटा गम्भीर मुद्दाहरू दर्ता भएका छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यो घटनासँगै जोडिएको मनी लाउन्ड्रिङको अर्को पाटोमा पनि प्रहरीले काम गरिरहेको छ। यसमा फिनल्यान्डभर छरिएका करिब ३० जना व्यक्तिहरू संलग्न भएको आशंका छ।

मनी लाउन्ड्रिङको अनुसन्धानका लागि आठवटा फरक प्रहरी चौकीहरूले सहकार्य गरिरहेका छन्। अपराधीहरूले रकम लुकाउन र अनुसन्धान जटिल बनाउन धेरै ठाउँमा पैसा पठाएको सारीले विज्ञप्तिमा बताएका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रहरीले सर्वसाधारणलाई सचेत रहन पुनः आग्रह गरेको छ। वास्तविक प्रहरीले कहिल्यै पनि फोनमा बैंकको पिन कोड वा पासवर्ड माग्दैन।

कुनै पनि सरकारी अधिकारीले पैसा “सुरक्षित खाता” मा पठाउन दबाब दिँदैनन्। यस्ता फोन आएमा तुरुन्तै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।

फिनल्यान्डमा “नक्कली प्रहरी” अर्थात Valepoliisi बनेर गरिने ठगी एउटा गम्भीर समस्याको रूपमा देखिएको छ। विशेषगरी आप्रवासी र वृद्धवृद्धा, जो प्रविधि र स्थानीय भाषामा कम दख्खल राख्छन्, उनीहरू यस्ता गिरोहको सहज निशानामा पर्ने गरेका छन्।

फिनल्यान्डको कानुन अनुसार सरकारी अधिकारीको भेष बदल्नु र वित्तीय ठगी गर्नु दुवै गम्भीर अपराध हुन्, जसमा लामो जेल सजायको व्यवस्था छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप