संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको सर्वोच्च अदालतमा वोल्टले हार्‍यो मुद्दा, कुरियरको कमाइ ‘तलब’ मानिने फैसला

फिनल्यान्डको सर्वोच्च अदालतले वोल्टको पुनरावेदन खारेज गर्दै कुरियरहरू कामदार नै भएको ठहर गरेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • कुरियरको कमाइ व्यावसायिक नभई तलब मानिने।
  • अदालतको फैसला ३–२ को बहुमतले सदर।
  • वोल्टमाथि श्रम नियम तुरुन्त पालना गर्न दबाब।

फिनल्यान्डको सर्वोच्च प्रशासनिक अदालत (KHO) ले फुड डेलिभरी कम्पनी वोल्ट (Wolt) को पुनरावेदन खारेज गरिदिएको छ। यो फैसलासँगै अब वोल्टका कुरियरहरूले पाउने रकमलाई ‘व्यावसायिक आय’ नभई ‘तलब’ मानिने निश्चित भएको छ।

यो फैसलाले हेलसिन्की लगायतका सहरमा काम गर्ने हजारौँ कुरियरहरूको अधिकार र सामाजिक सुरक्षामा ठुलो प्रभाव पार्न सक्नेछ।

फिनल्यान्डको फुड डेलिभरी क्षेत्रमा काम गर्ने नेपालीहरूको वास्तविक सङ्ख्या यकिन नभए पनि उच्च रहेको आकलन छ। दिनभरि काम गर्दा पनि थोरै मात्र कमाई हुने भन्दै कुरियरहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

यो मुद्दा केन्द्रीय कर बोर्डको निर्णयसँग सम्बन्धित थियो। बोर्डले कुरियरको कमाइलाई तलबको रूपमा व्याख्या गरेपछि वोल्टले त्यसविरुद्ध अदालतमा उजुरी दिएको थियो।

विज्ञापन

अदालतले गत वर्ष नै कुरियरहरूको काम गर्ने प्रकृति रोजगारीको मापदण्डसँग मिल्ने ठहर गरेको थियो। यद्यपि, कुरियरहरूलाई आफ्नो काम गर्ने समय छनोट गर्ने स्वतन्त्रता भने दिइएको छ।

यो पटकको फैसला ३ विरुद्ध २ मतको बहुमतले आएको हो। दुई न्यायाधीश र एक सहजकर्ता भने वोल्ट र कर प्रशासनको पुरानो धारणाकै पक्षमा थिए।

पामले गर्यो स्वागत

मजदुर युनियन ‘पाम’ (PAM) ले अदालतको निर्णयको स्वागत गरेको छ। पामकी अध्यक्ष आन्निका रोन्नी–साल्लिनेनले अब ‘बाहाना बनाउने समय सकिएको’ बताएकी छन्।

उनले श्रम सुरक्षा अधिकारीहरूलाई तुरुन्तै कदम चाल्न माग गरेकी छिन्। हालसम्म कुरियरहरूको अधिकारको अनुगमन नभएको उनको आरोप छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

वोल्टले भने अदालतको फैसलाको विस्तृत अध्ययन गरिरहेको जानकारी दिएको छ। कम्पनीले फिनल्यान्डमा प्लेटफर्म कामदारसम्बन्धी स्पष्ट कानुन आवश्यक रहेको दाबी गर्दै आएको छ।

वोल्टका अनुसार आर्थिक अनिश्चितताको समयमा लचिलो कमाइको अवसरलाई सीमित गरिनु हुँदैन। अहिले पाम र वोल्टबीच केही निश्चित कामदारहरूको सेवा सर्तबारे वार्ता भइरहेको इल्ता सानोमातले लेखेको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्डमा वोल्ट, फुडोरा, उबर इट्सजस्ता ‘प्लेटफर्म वर्कर’ को कानुनी हैसियतबारे लामो समयदेखि विवाद चल्दै आएको छ।

युरोपेली युनियनले पनि यस्ता कामदारलाई कर्मचारीको रूपमा मान्यता दिने गरी नयाँ निर्देशिकाहरू ल्याइरहेको छ, जसले गर्दा आगामी दिनमा वोल्ट जस्ता कम्पनीहरूले आफ्ना सबै कुरियरलाई पूर्ण कर्मचारीको सुविधा दिनुपर्ने हुन सक्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप