संग्रह गर्नुहोस्।
संग्रहित

सर्वेक्षण: हेलसिन्कीमा सुत्केरी आमाहरूको स्याहार र सेवामा उल्लेख्य सुधार

फिनल्यान्डको राजधानी हेलसिन्कीमा गरिएको नयाँ सर्वेक्षणले सुत्केरीपछिको स्याहार र परिवारमुखी सेवामा सकारात्मक परिवर्तन देखाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • सुत्केरीपछिको स्याहार र परिवारमुखी सेवामा उल्लेखनीय सुधार।
  • स्तनपान निर्देशन र स्वास्थ्य सेवाप्रति आमाहरूको सन्तुष्टिमा वृद्धि।
  • स्वास्थ्यकर्मी (नर्स) बारम्बार फेरबदल हुँदा भने सेवाग्राहीको सन्तुष्टिमा कमी।

हेलसिन्की महानगरपालिका र HUS अस्पताल नेटवर्कले सन् २०२५ को अन्त्यतिर गरेको एक सर्वेक्षणले हेलसिन्कीमा सुत्केरीपछि प्रदान गरिने स्याहारमा सुधार आएको देखाएको छ।

विशेषगरी हेलसिन्कीका मातृ क्लिनिक/नेउभोला र प्रसुति गृह (Naistenklinikka) मा परिवारमुखी सेवा थप बलियो बनेको पाइएको हो।

हेलसिन्कीको मुख्य प्रसूति गृहमा बर्सेनि हजारौँ शिशुहरूको जन्म हुने गर्छ। हेलसिन्की महानगर क्षेत्रमा बस्ने नेपाली समुदायले पनि यो प्रसूति गृहबाट सेवा लिने गर्छन्। फिनल्यान्डमा जन्मने अधिकांश नेपाली मूलका बच्चाहरू सम्भवतः यही प्रसूति गृहमा जन्मने गर्छन्।

सर्वेक्षणमा गर्भावस्था, सुत्केरी अवस्था र त्यसपछिको स्याहारबारे आमाहरूको अनुभव सोधिएको थियो। सर्वेक्षणमा जम्मा ३३७ जना हेलसिन्कीका आमाहरू सहभागी थिए।

विज्ञापन

तीमध्ये १६१ जनाले सन् २०२२ मा र १७६ जनाले सन् २०२५ मा बच्चा जन्माएका थिए। नतिजा अनुसार सन् २०२२ को तुलनामा सन् २०२५ मा प्रसुति गृहको सेवा निकै सुधारिएको छ।

सुत्केरीहरूले पाएको स्याहार र स्तनपान सम्बन्धी निर्देशनप्रति उनीहरू स्पष्ट रूपमा बढी सन्तुष्ट देखिएका छन्। त्यसैगरी नेउभोलाहरूको सेवामा पनि सन् २०२५ मा औसत सन्तुष्टि पाइएको छ।

नेउभोलाको नतिजा सन् २०२२ कै स्तरमा रहेको पाइएको छ। यद्यपि, बिरामी र स्वास्थ्यकर्मीबीचको निरन्तर सम्बन्धलाई सर्वेक्षणमा विशेष जोड दिइएको छ।

नर्सहरू बारम्बार परिवर्तन हुँदा भने आमाहरूको सन्तुष्टिमा कमी आएको देखिन्छ। सुत्केरीहरूले थप व्यक्तिगत र समय दिएर गरिने व्यवहारको अपेक्षा गरेका छन्।

हतारबिनाको मानवीय व्यवहार र अग्रिम स्पष्ट निर्देशनको आवश्यकता अझै पनि बाँकी रहेको सर्वेक्षणले औंल्याएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डको नेउभोला प्रणाली गर्भवती महिला र नवजात शिशुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने विश्वकै एक उत्कृष्ट मातृशिशु स्याहार प्रणाली मानिन्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप