विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

ऐतिहासिक क्षणः आइस हकी विश्वकपको फाइनलमा पुग्यो फिनल्यान्ड!

क्यानाडालाई हराउँदै फिनल्यान्डको राष्ट्रिय टोली आइस हकी विश्व च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आज राती उपाधिका लागि आयोजक राष्ट्र स्विट्जरल्यान्डसँग भिड्ने छ।

संक्षेपमा


  • सेमिफाइनलमा क्यानाडामाथि फिनल्यान्डको ४–२ को सानदार जित।
  • आज राति ९:२० बजे आयोजक स्विट्जरल्यान्डसँग फाइनल भिडन्त।
  • ऐतिहासिक उपाधि उचाल्ने सुनौलो अवसर।

फिनल्यान्डले आइस हकी विश्व च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ। शनिबार राति भएको सेमिफाइनलमा क्यानाडालाई ४–२ गोलले हराउँदै फिनल्यान्ड उपाधि नजिक पुगेको हो।

खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै फिनल्यान्डले सानदार पुनरागमन गर्‍यो। फिनिस टोली ‘लेयोनात’ (Leijonat) ले उत्कृष्ट प्रदर्शन गर्दै समर्थकहरूको मन जित्न सफल भयो।

फिनल्यान्डका लागि प्याट्रिक पुइस्तोला, अलेक्जेन्डर बार्कोभ, कोन्स्ता हेलेनियस र आतु रातुले गोल गरे। सबै खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

फाइनलमा फिनल्यान्डको भिडन्त आयोजक राष्ट्र स्विट्जरल्यान्डसँग हुनेछ। स्विट्जरल्यान्डले पहिलो सेमिफाइनलमा नर्वेलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

स्विट्जरल्यान्डले यो प्रतियोगितामा लगातार जित निकाल्दै बलियो दाबेदारी प्रस्तुत गरेको छ। यो बहुप्रतीक्षित फाइनल खेल आज आइतबार राति ९:२० बजे सुरु हुनेछ।

फिनल्यान्डमा आइस हकीको महत्त्व र इतिहास

फिनल्यान्डमा आइस हकी यहाँको राष्ट्रिय पहिचान र संस्कृतिको अभिन्न अङ्ग हो। विश्वका धेरै मुलुकहरुमा फुटबल, क्रिकेटजस्ता खेलहरुको ‘क्रेज’ रहेपनि फिनल्यान्डमा भने सबैभन्दा धेरै खेलिने र हेरिने खेल आइस हकी हो।

फिनल्यान्डको राष्ट्रिय आइस हकी टोलीलाई ‘लेयोनात’ (Leijonat) अर्थात् ‘सिंहहरू’ भनेर चिनिन्छ। लेयोनातले महत्त्वपूर्ण खेल खेल्दा पुरै देश टेलिभिजन अगाडि जम्मा हुन्छ।

टोलीले विश्वकप वा अन्य ठूला प्रतिस्प्रर्धा जित्दा सहरका मुख्य चोकहरूमा जम्मा भएर ठुलो उत्सव मनाउने परम्परा छ। इतिहासलाई हेर्दा फिनल्यान्ड आइस हकीमा विश्वकै एक प्रमुख महाशक्ति राष्ट्र मध्ये एक हो।

विज्ञापन

प्रिय पाठक, हाम्रो सहयोगी सदस्य बनी सम्पूर्ण प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.91€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

फिनल्यान्डले यसअघि सन् १९९५, २०११, २०१९ र २०२२ मा विश्व च्याम्पियनसिपको उपाधि जितिसकेको छ। त्यस्तै, सन् २०२२ को हिउँदे ओलम्पिकमा पनि फिनल्यान्डले ऐतिहासिक रूपमा स्वर्ण पदक जितेको थियो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप