संग्रह गर्नुहोस्।
संग्रहित

नेपालीलाइनेनको पहल: हेलसिन्कीमा जनप्रतिनिधि र समुदायबीच प्रत्यक्ष संवाद हुने

हेलसिन्की नगर परिषद् सदस्य कृष्ण रेग्मी र निता अउस्टेरोले आगामी जुन २४ तारिकका दिन सर्वसाधारणसँग प्रत्यक्ष छलफल गर्दैछन्। कार्यक्रमको संयोजन नेपालीलाइनेनले गरेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • जुन २४ मा हेलसिन्कीमा नगर प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया हुने।
  • स्थान सीमित, सहभागी हुन चाहनेले अनलाइन फारम भरेर जानकारी दिनु पर्ने।
  • सहरवासीले आफ्ना समस्या र सुझाव राख्न पाउने, भेटघाट र चियापानको पनि कार्यक्रम।

हेलसिन्की महानगरपालिकाका नगर परिषद् सदस्य कृष्ण रेग्मी र निता अउस्टेरोले आगामी जुन २४ तारिख बुधवारका दिन हेलसिन्कीमा स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल र भेटघाट गर्ने भएका छन्।

खास गरी हेलसिन्की क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि लक्षित यो कार्यक्रम नेपालीलाइनेनको पहलमा र जनप्रतिनिधिहरू तथा नेपालीलाइनेनको संयुक्त आयोजनामा हुन लागेको हो।

कार्यक्रम नेपाली समुदायका लागि लक्षित भएपनि हेलसिन्की क्षेत्रमा बसोबास गर्ने जोकोही उपस्थित हुन सक्नेछन् र आफ्ना समस्या, सुझाव, र प्रश्नहरू राख्न सक्नेछन्।

फिनल्यान्डमा स्थानीय निर्वाचन सम्पन्न भई जनप्रतिनिधीहरुले काम थालेको एक वर्ष पुरा भएको अवसरमा नेपालीलाइनेनले ‘जनप्रतिनिधिसँग नेपालीलाइनेन‘ नामक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको अवधारणा अघि सारेको हो।

विज्ञापन

सोही अवधारणामा आधारित रहेर गरिने उक्त कार्यक्रममा नगर परिषद् सदस्यहरू रेग्मी र अउस्टेरो सहभागी हुने भएका हुन्।

कार्यक्रम आगामी जुन २४ का दिन साँझ ५ बजेदेखि ७ बजेसम्म हेलसिन्कीको Laippatie 4 स्थित Ravintola Herkku मा सञ्चालन हुनेछ।

सहभागीहरूले नगर परिषद्ले गत वर्ष गरेका काम र आगामी योजनाबारे विस्तृत जानकारी पाउनेछन्। उनीहरूले आफ्ना मनमा लागेका प्रश्नहरू सिधै सोध्न र प्रतिनिधिहरूलाई नयाँ सुझावहरू पनि दिन सक्नेछन्। कार्यक्रमको सहजीकरण नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसालले गर्नेछन्।

स्थान अभावका कारण कार्यक्रममा जम्मा ६० जनालाई मात्र प्रवेश दिइनेछ। सहभागी हुन चाहनेले यो अनलाइन फारम भरि सहभागिताको जानकारी दिनु पर्नेछ।

कार्यक्रममा सहभागी हुनेहरूका लागि चियापानको पनि व्यवस्था गरिएको छ। कार्यक्रममा बिस्कुट, दालमोठ, कफी र मसलादार नेपाली चिया खुवाइनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

को हुन् रेग्मी र अउस्टेरो?

हेलसिन्की महानगरपालिकाका नगर परिषद् सदस्यमा गत वर्ष निर्वाचित कृष्ण रेग्मी पेसाले शिक्षक हुन्। उनी नगर कार्यपालिका उपसदस्य र प्रान्तीय परिषद् सदस्य (Maakuntavaltuutettu) पनि हुन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

निता अउस्टेरो ‘सोसल वर्कर’ हुन्। उनी महानगरपालिकाको स्वास्थ्य तथा उद्धार समिति सदस्य (Sotepe-lautakunnan jäsen) का रूपमा कार्यरत छिन्।

रेग्मी र अउस्टेरो दुवै जना हेलसिन्की महानगरको आर्थिक विभागका सदस्य समेत हुन्। दुवै जना आगामी सन् २०२७ को अप्रिलमा हुने फिनल्यान्डको संसदीय निर्वाचनका लागि एसडिपी पार्टीको तर्फबाट हेलसिन्की क्षेत्रबाट उम्मेदवारका रूपमा समेत छनोट भएका छन्।

फिनल्यान्डमा बस्ने नेपाली आप्रवासीहरूका लागि आफ्ना सरोकारका विषय नीति निर्माण तहमा पुर्‍याउन र नगर परिषद्का कामबारे बुझ्न यो कार्यक्रम महत्त्वपूर्ण हुने नेपालीलाइनेनको विश्वास छ।

भान्तामा पनि यस्तै प्रकृतिको कार्यक्रम आयोजना गर्न नेपालीलाइनेनले आन्तरिक गृहकार्य तथा समन्वय गरिरहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप