संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका अधिकांश विद्यालयमा आजदेखि नयाँ शैक्षिक सत्र: फोन प्रयोगमा थप कडाइ

फिनल्यान्डका अधिकांश सहरहरूमा आजदेखि विद्यालय खुल्दै गर्दा विद्यार्थीहरूको शारीरिक सक्रियता बढाउने र मोबाइल फोन प्रयोगमा थप कडाइ गर्ने नयाँ नियमहरू लागू गरिएका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • हेलसिन्की लगायतका अधिकांश सहरमा आजदेखि विद्यालय सुरु।
  • विद्यालयमा मोबाइल प्रतिबन्धको नियमलाई थप कडा बनाइँदै।
  • विद्यार्थीलाई शारीरिक रूपमा सक्रिय बनाउन कानुनमै नयाँ व्यवस्था।

फिनल्यान्डका अधिकांश भागमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। यो नयाँ शैक्षिक सत्रसँगै विद्यालयहरूले मोबाइल फोन प्रयोगमा थप कडाइ गर्ने र विद्यार्थीको शारीरिक सक्रियता बढाउने योजना ल्याएका छन्।

हेलसिन्की, लाह्ती, युभास्कुला, योएन्सु, ओउलु र रोभानिएमीमा आजदेखि विद्यालयहरू खुलेका छन्। भान्ता र एस्पोमा भने भोली बिहीबारदेखि कक्षा सुरु हुनेछन्।

सेइनायोकी, पोरी र तुर्कुमा हिजो मंगलबारदेखि नै शैक्षिक सत्र सुरु भएको थियो। ताम्पेरेमा भने एक साताअघि नै विद्यालय सुरु भइसकेको छ।

फिनल्यान्डको राजधानी क्षेत्रमा बसोबास गर्ने अधिकांश नेपालीका छोराछोरीले पनि आज वा भोलीबाट विद्यालय जान सुरु गर्नेछन्। साना बालबच्चा जाने डे-केयरहरूको समर बिदा भने करिब दुई साता अगाडी नै सकिएको छ।

विज्ञापन

एक वर्षअघि लागू भएको मोबाइल फोन प्रतिबन्धलाई विद्यालयहरूले निकै सकारात्मक रूपमा लिएका छन्।

शारीरिक सक्रियताका लागि नयाँ कानुनी व्यवस्था

यो वर्षदेखि पूर्व-प्राथमिक र आधारभूत शिक्षामा विद्यार्थीहरूलाई शारीरिक रूपमा सक्रिय बनाउनुपर्ने कानुनी दायित्व पनि थपिएको छ।

राष्ट्रिय शिक्षा एजेन्सीकी एकाइ प्रमुख तेर्ही निस्सिनेनले यो परिवर्तन हरेक विद्यालयको दैनिक जीवनमा देखिने सार्वजनिक प्रसारक YLE लाई दिएको प्रतिक्रियामा बताएकी छन्। उनका अनुसार अब कक्षाकोठा र खाजा समय (ब्रेक) दुवैमा परिवर्तनहरू हुनेछन्।

कक्षामा लगातार बस्ने बानीलाई कम गर्दै खेलकुद र सक्रियतामा जोड दिइनेछ। त्यस्तै ब्रेकको समयमा शिक्षक र ठूला विद्यार्थीको अगुवाइमा साना विद्यार्थीलाई विभिन्न खेलहरू खेलाइनेछ।

निस्सिनेनले अभिभावकहरूलाई पनि आफ्ना बालबालिकालाई विद्यालय आउजाउ गर्दा हिँड्न वा साइकल चलाउन प्रोत्साहन गर्न आग्रह गरिन्। यसले विद्यार्थीलाई शारीरिक रूपमा स्वस्थ रहन मद्दत पुग्ने उनको भनाइ छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हाल कानुनले कक्षा चलिरहेको समयमा मात्र मोबाइल प्रयोगमा रोक लगाएको छ। तर शिक्षा एजेन्सीले विद्यालयको अन्य समयमा पनि मोबाइल प्रयोगमा पूर्ण वा आंशिक रोक लगाउन सिफारिस गरेको छ।

यसैकारण धेरै विद्यालयहरूले आफ्ना नियमहरू परिवर्तन गर्दैछन्। अब ब्रेकको समय, खाना खाने समय र एक कक्षाबाट अर्को कक्षामा जाँदा पनि मोबाइल चलाउन नपाइने नियम लागू गर्ने तयारी भइरहेको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्डको शिक्षा प्रणाली विश्वमै उत्कृष्ट मानिए पनि पछिल्लो समय बालबालिकामा बढेको ‘स्क्रिन टाइम’ले चिन्ता बढाएको छ। यसैलाई मध्यनजर गर्दै सरकारले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध र शारीरिक क्रियाकलापलाई अनिवार्य रूपमा जोड दिने नीति ल्याएको हो।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप