विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्याण्डका स्कुलमा आज शैक्षिक सत्र समापन समारोह, देशैभरि भव्यताका साथ मनाइँदै

शैक्षिक वर्षको अन्त्य र विद्यार्थीहरूको उपलब्धिलाई उत्सवका रूपमा मनाइँदै। मौसमको अनिश्चितताका बीच पनि उत्साह कायमै।

.संक्षेपमा.


  • फिनल्याण्डभर आज शैक्षिक सत्रको अन्त्य अर्थात् koulujen päättäjäispäivä मनाइँदै।
  • विद्यार्थीहरूलाई डिप्लोमा प्रदान गर्ने, भाषण गर्ने, सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने लगायतका कार्यक्रम।
  • ‘सुभिभिर्सी’ गाउनु र सेतो टोपी (ylioppilaslakki) लगाउनु यसको विशेष परम्परा।

आज फिनल्याण्डका विद्यालयहरूमा koulujen päättäjäispäivä अर्थात् शैक्षिक सत्र समापन समारोहहरू भव्यताका साथ मनाइँदैछ। सामान्यतया वसन्त ऋतुको अन्त्यतिर मे वा जुन महिनाको सुरुवातमा आयोजना हुने यी समारोहहरूले शैक्षिक वर्षको समापन र विद्यार्थीहरूले हासिल गरेका उपलब्धिहरूको उत्सव मनाउँछन्। मौसमको पूर्वानुमान अनिश्चित रहे पनि विद्यार्थी, अभिभावक र शिक्षकहरूको उत्साहमा कुनै कमी देखिएको छैन।

आजैबाट विद्यार्थीहरुको २ महिना लामो समर बिदा पनि सुरू हुन्छ।

यो दिन फिनल्याण्डको शैक्षिक क्यालेन्डरमा एक महत्वपूर्ण दिन हो। आज विद्यालयहरूले औपचारिक कार्यक्रमहरूको आयोजना गर्दछन्। उक्त समारोहमा प्रधानाध्यापक तथा शिक्षकहरूले भाषण दिने, विद्यार्थीहरूलाई प्रमाणपत्र तथा डिप्लोमा वितरण गर्ने गरिन्छ। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू (जस्तै गायन, वाद्यवादन र नाटक) प्रस्तुत गर्छन्। यी उत्सवहरू विद्यार्थीहरूको कडा परिश्रम र समर्पणको सम्मानमा आयोजना गरिन्छन्।

फिनिस परम्पराअनुसार यी समारोहहरूमा प्रायः ‘सुभिभिर्सी’ (suvivirsi) अर्थात् ‘ग्रीष्म भजन’ गाउने गरिन्छ। उच्च माध्यमिक तह (lukio) उत्तीर्ण गर्ने विद्यार्थीहरूका लागि यो दिन अझ विशेष हुन्छ। आज उनीहरूले प्रतिष्ठित सेतो टोपी (ylioppilaslakki) प्राप्त गर्छन्, जुन कडा परिश्रम र उपलब्धिको प्रतीक मानिन्छ। यो टोपी लगाउनु उनीहरूका लागि गर्वको विषय हो र यो फिनिस शैक्षिक परम्पराको एक अभिन्न हिस्सा बनेको छ।

फिनल्याण्ड विश्वमै उच्च गुणस्तरीय शिक्षा प्रणालीका लागि परिचित छ।

विज्ञापन
विज्ञापन सकियो

विद्यालयको औपचारिक कार्यक्रम पश्चात् धेरै परिवारहरूले घरमा आफ्ना छोराछोरीको सफलताको खुसियालीमा भोजको आयोजना गर्छन्। विद्यार्थीहरूलाई साथीभाइ तथा आफन्तहरूले उपहार र गुलाफको फूल दिने चलन पनि छ। यसका अतिरिक्त उत्कृष्ट नतिजा ल्याउने तथा विभिन्न क्षेत्रमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति (stipendi) पनि प्रदान गरिन्छ। यो दिन विद्यार्थी, शिक्षक र अभिभावक सबैका लागि खुसी र भावनात्मक क्षण हो।

फिनल्याण्ड विश्वमै उच्च गुणस्तरीय शिक्षा प्रणालीका लागि परिचित छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप