संग्रह गर्नुहोस्।
संग्रहित

आचार्यले सार्वजनिक गरे चुनावी खर्च, २१ सय युरोको बजेट, ६ सय युरोको समोसा

सहयोग गर्ने सबैको नाम आचार्यले आफ्नो वेभसाइटमा राखेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डको भान्ता शहरको नगर परिषद् र भान्ता र केराभा कल्याणकारी क्षेत्रको निर्वाचनमा विजयी नेपाली मूलका शेखर आचार्यले आफ्नो चुनावी अभियानको सम्पूर्ण आय-व्ययको हिसाब सार्वजनिक गरेका छन्। उनले आफ्नो व्यक्तिगत वेबसाइट मार्फत यो जानकारी पारदर्शी रूपमा प्रस्तुत गरेका हुन्।

आचार्यले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार उनको चुनावी अभियानका लागि कुल १,७५५ यूरो सहयोग प्राप्त भएको थियो। विभिन्न साथीभाइ र शुभचिन्तकहरूले उनलाई आर्थिक सहयोग प्रदान गरेका थिए। उनको पार्टीले पनि उनलाई ४०० युरो सहयोग उपलब्ध गराएको थियो।

सहयोग गर्ने सबैको नाम आचार्यले आफ्नो वेभसाइटमा राखेका छन्। रिपोर्टमा आचार्यको कुल चुनावी खर्च २,१६८.२९ यूरो देखिन्छ। चुनावी अभियानमा उनले ४१३ युरो व्यक्तिगत लगानी गरेको लेखेका छन्।

“मेरो अभियानमा सहयोग गर्ने सम्पूर्ण अग्रज, साथीभाइ र शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,” आचार्यले चुनावी खर्च सार्वजनिक गर्दै भनेका छन्।

विज्ञापन

आचार्यको धेरै खर्च भने निर्वाचन जितेपछिको विजय सभामा भएको देखिन्छ। त्यहाँ उनको करिब ३७५ युरो खर्च भएको थियो। उक्त कार्यक्रममा करिब ३२५ युरोको समोसा र चिया खुवाईएको थियो जुन विष्णु शर्मा नाम गरेका उनका शुभचिन्तकले स्पोन्सर गरेका थिए। निर्वाचन अवधिभर आचार्यले करिब ६ सय युरो समोसामा खर्च गरेको देखिन्छ।

फेसबुक मार्केटिङ्गमा आचार्यले ३०९ युरो खर्चेका थिए। चुनावी वेबसाइटमा ९० युरो खर्चेका उनले चुनावी यात्राका दौरान सार्वजनिक यातायात (HSL टिकेट) मा ७० युरो खर्च गरेको विवरण उल्लेख गरेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप