विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा हुन थाल्यो एआईको व्यापक प्रयोग, नयाँ सीप नसिक्दा पुरुषहरू बेरोजगारीको जोखिममा

कृत्रिम बुद्धिमत्ता (एआई) ले नयाँ सीप¨विकासको माग बढाउँदा फिनल्यान्डका महिला व्यवसायीहरू सीप विकासमा सक्रिय देखिएका छन् भने पुरुषहरू निकै पछाडि छन्।

संक्षेपमा


  • एआईका कारण नयाँ सीपको माग बढ्दो।
  • सीप विकास गर्ने मामिलामा महिलाको तुलनामा पुरुषहरू निकै पछाडि।
  • एआईको उचित नियमन नहुँदा गम्भीर जोखिम निम्तिन सक्ने चेतावनी।

फिनल्यान्डका कार्यालयहरूमा नयाँ प्रविधिहरु र विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढिरहेको देखिएको छ। यसले सीपको मागलाई पनि द्रुत रूपमा परिवर्तन गरिरहेको नयाँ अध्ययनले देखाएको छ।

अर्थशास्त्रीहरूको सँस्था Suomen Ekonomit ले गरेको भर्खरैको अध्ययन अनुसार नयाँ परिस्थितीमा गर्नुपर्ने सीप विकासमा महिलाहरूको तुलनामा पुरुषहरू निकै पछाडि परेका छन्। नयाँ सीप विकासमा अनिच्छुक रहँदा पुरुषहरुमा बेरोजगारीको जोखिम समेत महिलाको भन्दा बढी छ।

अध्ययनका अनुसार ७० प्रतिशत महिलाले नयाँ परिस्थिती अनुसार आफ्नो सीप विकास गर्न पहल गरेका छन्। तर पुरुषको हकमा यो सङ्ख्या मात्र ३० प्रतिशत मात्रै छ।

आफ्नो सीप रोजगारदाताको आवश्यकतासँग पूर्ण रूपमा मेल खानेमा ३१ प्रतिशत महिला मात्र विश्वस्त छन्। यद्यपि ४५ प्रतिशत पुरुषहरू आफ्नो सीप पर्याप्त रहेको मान्छन्।

५० वर्षभन्दा माथिका कर्मचारीहरूमा सीप विकासको यो खाडल अझ गहिरो छ। यस उमेर समूहका पाँचमध्ये एक पुरुषले मात्र नयाँ सीप सिक्न सुरु गरेका छन्।

“आधाभन्दा कम पुरुषले मात्र आफ्नो सीप पर्याप्त रहेको माने पनि सीप विकासमा उनीहरूको सहभागिता कम हुनु आश्चर्यजनक छ,” उक्त सँस्थाकी श्रम बजार नीति विशेषज्ञ रिक्का सिपिला भन्छिन्।

सीप विकासको जिम्मेवारी र खर्च कसले व्यहोर्ने भन्ने विषयमा अझै अन्योल छ। सिपिलाका अनुसार यस्तो खर्चलाई करमा पूर्ण रूपमा कटौती गर्न पाउनुपर्छ।

रोजगारदाताहरूले पनि सीप विकासको जिम्मेवारी लिनुपर्ने उनले बताइन्। उनका अनुसार एआईले सम्पूर्ण काम गर्ने तरिका नै परिवर्तन गर्ने हुँदा यो व्यक्तिगत मात्र नभई संस्थागत जिम्मेवारी पनि हो।

एआईको प्रवेशसँगै नियमन, डाटा एनालिटिक्स र परिवर्तन व्यवस्थापन जस्ता नयाँ सीपको आवश्यकता बढेको छ। एआईको सही प्रयोग सम्बन्धी पर्याप्त निर्देशन नहुँदा जोखिम बढ्ने देखिन्छ। संवेदनशील जानकारी बाहिरिन सक्ने र कम्पनीको प्रतिस्पर्धात्मक क्षमता घट्न सक्ने चेतावनी दिइएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो सहयोगी सदस्य बनी सम्पूर्ण प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.91€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

यो सर्वेक्षण सन् २०२६ को जनवरी र फेब्रुअरी महिनामा गरिएको थियो। यसमा २०४९ सदस्यहरूले भाग लिएका थिए, जसमा १५१६ महिला र ५३३ पुरुष थिए।

फिनल्यान्डको श्रम बजारमा कृत्रिम बुद्धिमत्ताको प्रयोग द्रुत गतिमा बढिरहेको छ। विशेषगरी विशेषज्ञ र व्यवस्थापकीय भूमिकाहरूमा यसले ठूलो परिवर्तन ल्याइरहेको छ। फिनल्यान्डमा बसोबास गर्ने नेपाली आप्रवासीहरूका लागि पनि बदलिँदो प्रविधिसँगै आफ्नो सीप अद्यावधिक गर्नु रोजगारी सुरक्षा र वृत्ति विकासका लागि अत्यन्त महत्त्वपूर्ण छ।

कार्यस्थलमा निरन्तर नयाँ कुरा सिक्ने र एआई जस्ता प्रविधिलाई आफ्नो काममा अनुकूलन गर्ने कर्मचारीहरूको माग भविष्यमा झनै बढ्ने निश्चित छ।

यो पनि पढ्नुहोस्ः

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप