विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा टेबोइलका सबै ‘कोल्ड स्टेसन’ बन्द हुने, कारण छ यस्तो

युक्रेन युद्ध र पश्चिमा देशहरूको प्रतिबन्धका कारण लुकोइलले फिनल्यान्डमा इन्धन आपूर्ति र भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएपछि टेबोइलले आफ्ना स्वचालित स्टेसनहरू बन्द गर्ने तयारी गरेको हो।

.संक्षेपमा.


  • अहिलेलाई केवल ‘कोल्ड स्टेसन’हरू मात्र बन्द हुने।
  • मूल्य सूचीमा ३.८८८ देखियो भने इन्धन सकिएको संकेत।
  • मूख्य कारणः अमेरिका र बेलायतले रूसी कम्पनी माथि लगाएको प्रतिबन्ध।

फिनल्यान्डमा संचालित रूसी इन्धन कम्पनी टेबोइलले आफ्ना ‘कोल्ड स्टेसन’ (कर्मचारी नहुने स्वचालित स्टेसन) हरू बन्द गर्ने तयारी गरेको छ। कम्पनीले इन्धनको मौज्दात सकिएपछि चरणबद्ध रूपमा यी स्टेसनहरू बन्द हुने जानकारी दिएको हो।

यदि स्टेसनको डिजिटल बोर्डमा इन्धनको मूल्य ३.८८८ युरो देखियो भने त्यो प्रकारको इन्धन सकिएको बुझ्नुपर्ने कम्पनीले जनाएको छ। यदि सबै प्रकारका इन्धनको मूल्य ३.८८८ देखाइएको छ भने, पूरै स्टेसन बन्द भएको मानिनेछ।

टेबोइलका मार्केटिङ तथा सञ्चार निर्देशक टोनी फ्लाइक्टले यो बन्द प्रक्रिया विशेष गरी ‘कोल्ड स्टेसन’हरूका लागि मात्र भएको स्पष्ट पारेका छन्।

उनले एसटीटी (STT) समाचार संस्थालाई बताए अनुसार व्यापारीहरूद्वारा सञ्चालित सेवा केन्द्रहरू भने अहिले तुरून्तै बन्द गरिने छैन।

उनका अनुसार व्यवसायीहरूसँग मिलेर कार वाश, खाना बिक्री र अन्य सेवाहरू जारी राख्ने प्रयास भइरहेको छ। टेबोइलको अघिल्लो सूचनामा ‘कोल्ड स्टेसन’ बारे छुट्टै उल्लेख नहुँदा केही भ्रम सिर्जना भएको थियो।

विज्ञापन
विज्ञापन सकियो

टेबोइलसँग हाल फिनल्यान्डमा २४३ ‘कोल्ड स्टेसन’, ७५ सेवा केन्द्र र २०७ भारी सवारीका लागि डिजेल पोइन्टहरू छन्। सबै स्टेसनहरूमा नगद कारोबार भने गत अक्टोबरमै बन्द भइसकेको थियो।

अमेरिका र बेलायतले टेबोइलको मालिक रूसी कम्पनी लुकोइलमाथि प्रतिबन्ध लगाएपछि कम्पनीको स्थिति नाजुक बनेको छ। अमेरिकाको लुकोइलमाथिको प्रतिबन्ध डिसेम्बर १३ देखि पूर्ण रूपमा लागू हुँदैछ।

कम्पनीका अनुसार व्यवसायीहरूसँग मिलेर कार वाश, खाना बिक्री र अन्य सेवाहरू जारी राख्ने प्रयास भइरहेको छ।

युक्रेन युद्ध र पश्चिमा देशहरूको प्रतिबन्धका कारण लुकोइलले फिनल्यान्डमा इन्धन आपूर्ति र भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको हो। त्यसैले इन्धन खरिद गर्न र पैसा पठाउन नसकिने हुँदा स्टेसनहरू खुला राख्न सम्भव नहुने विज्ञहरूले बताएका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप