विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा बर्ड फ्लु पुष्टि, मरेका चराहरू नछुन चेतावनी

शहरको काल्लियो क्षेत्रका जलचर चराहरूमा घातक एच फाइभ एन वान भाइरस भेटिएपछि सतर्क रहन आग्रह गरिएको छ।

संक्षेपमा


  • हेलसिन्कीको काल्लियो क्षेत्रमा बर्ड फ्लु पुष्टि।
  • मानिसमा संक्रमणको जोखिम न्यून।
  • मरेका वा बिरामी चराबाट टाढै रहन सुझाव।

हेलसिन्कीको काल्लियो क्षेत्रमा रहेका केही जलचर चराहरूमा बर्ड फ्लु अर्थात् H5N1 संक्रमण पुष्टि भएको छ।

हेलसिन्की नगरपालिकाका अधिकारीहरूले स्थानीय बासिन्दा र विशेषगरी घरपालुवा जनावर पाल्नेहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

जनवरी महिनामा काल्लियो क्षेत्रमा धेरै बिरामी चराहरू फेला परेका हुन्। एउटा राजहंस र तीनवटा क्यानाडाली हाँसहरूमा यो भाइरस फेला परेको हेलसिन्की नगरपालिकाले जनाएको छ।

बिरामी राजहंसलाई उपचारका लागि चिडियाखानामा रहेको वन्यजन्तु अस्पताल लगिएको थियो। केही मरेका चराहरू हेलसिन्कीको चिडियाखाना बाहिरको क्षेत्रमा पनि भेटिएका हुन्।

H5N1 भाइरसले जंगली चरा र कुखुराजन्य पन्छीहरूमा उच्च मृत्युदर गराउने गर्दछ।

विज्ञापन
विज्ञापन सकियो

मानिसका लागि संक्रमणको जोखिम भने कम रहेको अधिकारीहरूको भनाइ छ।

मानिसका लागि संक्रमणको जोखिम भने कम रहेको अधिकारीहरूको भनाइ छ। फिनल्यान्डमा हालसम्म यो भाइरस मानिसमा सरेको रेकर्ड छैन।

संक्रमण सर्नका लागि बिरामी चरा वा तिनको दिसा-सुलीसँग प्रत्यक्ष सम्पर्क हुनुपर्ने हुन्छ। राम्ररी पकाएको मासु वा अण्डा खाँदा भने यो भाइरस सर्ने डर हुँदैन।

घरपालुवा कुकुर र बिरालाहरूमा यो भाइरस सर्नु निकै दुर्लभ मानिन्छ। तैपनि चराका सुली धेरै भएका ठाउँमा कुकुर नडोर्‍याउन र मरेका चराबाट टाढै राख्न सुझाव दिइएको छ।

हेलसिन्की नगरपालिकाले चराहरूलाई जाडोको आहार खुवाउने काम जारी राख्नेछ। यसले चराहरूलाई अन्य क्षेत्रमा जानबाट रोक्न र रोग फैलिन नदिन मद्दत गर्ने विश्वास छ।

यदि कसैले एकै ठाउँमा ५ वटा भन्दा धेरै जलचर चरा वा १० वटा अन्य चरा मरेको देखेमा तुरुन्त शहरका पशु चिकित्सकलाई खबर गर्नुपर्ने छ।

फिनल्यान्डमा प्रायः जाडो महिना र बसाइँसराइको समयमा चराहरूमा यस्तो समस्या देखिने गर्छ। चराको सुली वा मरेको चरा छोएमा तुरुन्त साबुन पानीले राम्ररी हात धुन स्वास्थ्यकर्मीहरू सल्लाह दिन्छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप