संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको आकाशमा फेरि देखिए ड्रोन, सुरक्षा सतर्कता उच्च

रुसी सीमा नजिकै दुईवटा ड्रोन उडेको भेटिएपछि तटीय क्षेत्रमा उडान प्रतिबन्ध लगाइएको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • हामिना र भिरोलाहती क्षेत्रमा दुई संदिग्ध ड्रोनद्वारा हवाई क्षेत्र उल्लंघन भएको दाबी।
  • रुसको तेल बन्दरगाहमा युक्रेनी आक्रमण भइरहँदा फिनल्यान्डमा ड्रोनको प्रवेश बढ्यो।
  • सुरक्षा सुनिश्चित गर्न फिनल्यान्डको रक्षा बलद्वारा सीमा क्षेत्रमा हवाई निगरानी तीव्र।

पूर्वी फिनल्यान्डको हामिना र भिरोलाहती क्षेत्रमा आइतबार दुईवटा मानवरहित विमान (ड्रोन) ले फिनल्यान्डको हवाई क्षेत्र उल्लंघन गरेको आशंका गरिएको छ।

फिनल्यान्डको सीमा सुरक्षा बलका अनुसार यी ड्रोनहरू रुसतर्फ उडिरहेका थिए। ड्रोनहरुका कारण उक्त क्षेत्रमा केही समयका लागि हवाई प्रतिबन्ध समेत लगाउनु परेको थियो।

फिनल्यान्डको सीमा सुरक्षा बलले आइतबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। पहिलो ड्रोन बिहान करिब ३ बजे भिरोलाहती क्षेत्रमा र दोस्रो ड्रोन क्युमेनलाक्सो क्षेत्रमा देखिएको थियो।

फिनल्यान्डको वायुसेनाले पनि यी ड्रोनहरू रुसतिर उडिरहेको बताएको छ। रक्षा मन्त्रालयले ड्रोनको मोडेल वा उद्गम बिन्दु अझै खुल्न नसकेको र ती अहिले फिनल्यान्डको हवाई क्षेत्रमा नरहेको जानकारी दिएको छ।

विज्ञापन

घटनापछि कोत्का-हामिना तटीय क्षेत्रको समुद्री आकाशमा अस्थायी उडान प्रतिबन्ध लगाइएको थियो। उक्त प्रतिबन्ध आइतबार बिहान ८ बजे हटाइएको थियो।

खाडी क्षेत्रको तटरक्षक बलले घटनाको अनुसन्धान सुरु गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसको प्रिमोस्र्क तेल बन्दरगाहमा आक्रमण गर्दा यी ड्रोनहरू यहाँ देखिएका हुन्।

पछिल्लो समय फिनल्यान्डको हवाई क्षेत्रमा युक्रेनी ड्रोनहरू पटक-पटक देखिने गरेका छन्। यसअघि अप्रिल ११ मा इत्ति र मार्च २९ मा कौभोलामा पनि ड्रोनहरू फेला परेका थिए।

ड्रोन खसेका घटनाप्रति युक्रेनी अधिकारीहरूले फिनल्यान्डसँग माफी मागिसकेका छन्। फिनल्यान्डको राष्ट्रिय अनुसन्धान ब्यूरो (NBI) का अनुसार मुलुकका अन्य भागमा पनि यस्ता ड्रोनहरू हुनसक्ने सम्भावना छ।

अप्रिल ७ मा फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्तोनेन र युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाबीच पनि ड्रोन घटनाबारे छलफल भएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

गत साता अर्मेनियामा भएको भेटघाटमा फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पो र युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच पनि फिनल्यान्डतर्फ मोडिइरहेका ड्रोनका विषयमा कुराकानी भएको फिनिस भाषाका मिडियाले लेखेका छन्।

फिनल्यान्डको रक्षा बलले क्षेत्रीय अखण्डता जोगाउन निगरानीका उपायहरू कडा पारेको जनाइएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड र रुसबीचको करिब १३ सय किलोमिटर लामो सीमा क्षेत्र अहिले सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील बनेको छ।

युक्रेन र रुसबीचको युद्धका कारण सीमावर्ती क्षेत्रमा ड्रोनको ओहोरदोहोर बढ्नुले फिनल्यान्डको हवाई सुरक्षामा नयाँ चुनौती थपेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप