संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको अर्थतन्त्रमा उत्साहजनक सुधारः बन्यो पाँच वर्षयताकै बलियो अवस्था

सुस्ताउँदो मूल्यवृद्धि र बढ्दो उपभोक्ता आत्मविश्वासका बीच फिनल्यान्डको अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन्। तर उच्च बेरोजगारी दर भने कायमै छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • ५ वर्षयताकै तीव्र आर्थिक वृद्धि हुने प्रक्षेपण।
  • उपभोक्ता र व्यवसायीको आत्मविश्वासमा उच्च सुधार।
  • बेरोजगारी दर भने इतिहासकै खराब अवस्थामा।

फिनल्यान्डको अर्थतन्त्रले पछिल्लो पाँच वर्षयताकै तीव्र गतिको आर्थिक वृद्धि हासिल गर्ने देखिएको छ। मोर्गेज सोसाइटी अफ फिनल्यान्ड (हाइपो) का अनुसार यो वर्ष १.५ प्रतिशत र अर्को वर्ष १.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ।

विश्वव्यापी द्वन्द्व, अन्तराष्ट्रिय व्यापारिक सम्बन्ध तथा ब्याजदरको अनिश्चितताले अर्थतन्त्र पूर्ण रूपमा तंग्रिन भने सकेको छैन। यद्यपि, सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमण सुरु भएयता उपभोक्ताहरूको आत्मविश्वास भने अहिले सबैभन्दा उच्च विन्दुमा पुगेको छ।

फिनल्यान्डको तथ्यांक विभागका अनुसार जुन महिनामा उपभोक्ता आत्मविश्वास सूचकांक बढेर -५.३ पुगेको छ। यो मे महिनाको -१०.५ को तुलनामा निकै राम्रो सुधार हो।

जुन महिनामा युरोपेली युनियनको मापदण्डअनुसारको मूल्यवृद्धि (महँगी) दर केही सुस्त भएर २.७ प्रतिशतमा झरेको छ। सबैभन्दा धेरै शैक्षिक सेवामा ११.५ प्रतिशत र यातायात क्षेत्रमा ६.४ प्रतिशतले मूल्यवृद्धि भएको छ।

विज्ञापन

फिनिस उद्योग परिसंघ (ईके) का अनुसार जुन महिनामा व्यापारिक क्षेत्रको आर्थिक आत्मविश्वास पनि बलियो भएको छ। सेवा, खुद्रा व्यापार र निर्माण क्षेत्रमा व्यवसायीहरूको मनोबल बढेको पाइएको छ।

ईकेका अर्थशास्त्री यौको काङ्गासकिएमीले उत्पादनको दृष्टिकोणले विशेष गरी उत्पादनमूलक क्षेत्रमा सकारात्मक उत्साह देखिएको बताए। तर, निर्माण क्षेत्रको सूचक भने अझै पनि दीर्घकालीन औसतभन्दा निकै तल छ।

बेरोजगारी प्रमुख समस्या

आर्थिक सुधारका संकेत देखिए पनि बेरोजगारीको समस्या भने सन् १९९० को दशकपछिकै खराब अवस्थामा छ। हाइपोका मुख्य अर्थशास्त्री युहो केस्किनेनका अनुसार यो वर्ष औसत बेरोजगारी दर १०.८ प्रतिशत रहने अनुमान छ।

“बढ्दो बेरोजगारी र ठूलो संख्यामा कम्पनीहरू टाट पल्टिने प्रक्रियाले अझै पनि अनिश्चितता बढाएको छ,” केस्किनेनले विज्ञप्तिमा भनेका छन्।

अहिले बजारमा रोजगारी पाउन, विशेष गरी युवाहरूलाई श्रम बजारमा प्रवेश गर्न निकै कठिन भइरहेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

लामो समयसम्म बेरोजगार बस्नुपर्ने वा पाए पनि पार्ट-टाइम काम मात्र पाउने अवस्थाले धेरै पिडित बनेका छन्।

अर्थतन्त्र चलायमान बन्दै जाँदा आगामी दिनमा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुन सक्छन्। यद्यपि, हाल बजारमा उच्च बेरोजगारी दर र पार्ट-टाइम कामको बाहुल्यता रहेकाले नयाँ आउने वा काम परिवर्तन गर्न चाहनेहरूले केही समय प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप