संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका प्रख्यात फर्निचर स्टोरहरू आस्को र सोत्का संकटमा, टाट पल्टेको घोषणा गर्न माग

फिनल्यान्डका फर्निचर स्टोरहरू आस्को र सोत्कालाई टाट पल्टिएको घोषणा गर्न माग गर्दै अदालतमा निवेदन दर्ता भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डका प्रख्यात फर्निचर स्टोरहरू आस्को र सोत्का सञ्चालन गर्ने इनडोर ग्रुप विरुद्ध टाट पल्टिएको घोषणा गर्न माग गर्दै अदालतमा निवेदन दर्ता भएको छ।

बिहीबार २९ जनवरीका दिन हेलसिन्की जिल्ला अदालतमा फर्निचर निर्माता कम्पनी युनिको फिनल्यान्डले यो निवेदन दिएको हो।

युनिकोले आस्को र सोत्काका लागि विभिन्न किसिमका फर्निचर उत्पादन गर्दै आएको छ।

युनिको फिनल्यान्डका सञ्चालन निर्देशक हेन्री सारिमाका अनुसार आस्को र सोत्काको मालिक इनडोर ग्रुपले लामो समयदेखि उनको कम्पनीलाई ठुलो रकम तिर्न बाँकी छ।

विज्ञापन

फर्निचर बजारमा आएको मन्दीले पछिल्ला वर्षहरूमा इनडोर ग्रुपको आर्थिक अवस्था निकै खस्केको छ। खर्च घटाउन कम्पनीले सन् २०२५ मा १० मिलियन युरो भन्दा बढी बचत गरेको थियो।

फिनल्यान्डभरि आस्को र सोत्काका ७४ वटा स्टोरहरू सञ्चालनमा रहेका छन्। सन् २०२४ मा कम्पनीको कुल कारोबार १६१.६ मिलियन युरो भए पनि करिब ५ मिलियन युरो घाटा भएको थियो।

खर्च कटौतीकै क्रममा कम्पनीले १८० भन्दा बढी कर्मचारीहरूलाई कामबाट निकालिसकेको छ। हाल इनडोर ग्रुपमा ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

इनडोर ग्रुपले भने एक विज्ञप्ति जारी गर्दै आपूर्तिकर्तासँग भुक्तानीको विषयमा वार्ता भइरहेको बताएको छ। कम्पनीले यो समस्या छिट्टै समाधान हुने र आपसी सहमतिमा पुग्ने दाबी गरेको छ।

संकटका बाबजुद कम्पनीका नियमित कामहरू भने अहिलेका लागि जारी रहने बताइएको छ। ग्राहक र साझेदारहरूका लागि सेवामा कुनै अवरोध नहुने इनडोर ग्रुपले जनाएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

आस्को फिनल्यान्डको सबैभन्दा पुरानो फर्निचर ब्रान्डमध्ये एक हो। यसको स्थापना सन् १९१८ मा भएको थियो।

सोत्का भने फिनल्यान्डमा सस्तो र सुलभ फर्निचरका लागि प्रवासी र स्थानीय विद्यार्थीहरूमाझ निकै लोकप्रिय मानिन्छ। यी पसलहरू प्रायः फिनल्यान्डका सबै मुख्य सहरहरूमा रहेका छन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप