संग्रह गर्नुहोस्।
संग्रहित

विदेशी मूलका मानिसलाई ‘हानिकारक जनावर’ भनेपछि फिनल्यान्डका नगर पार्षद् विवादमा

फिनल्यान्डका एक स्थानीय जनप्रतिनिधि चरम नस्लवादी र अपमानजनक अभिव्यक्तिका कारण विवादमा परेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • आका नगरका जनप्रतिनिधि आन्तोन मुरोलाद्वारा आप्रवासीविरुद्ध अपमानजनक शब्दहरूको प्रयोग।
  • यस्ता अभिव्यक्ति ‘समुदायविरुद्धको भड्काउ’ अपराध हुनसक्ने विज्ञको चेतावनी।
  • अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्ता अभिव्यक्ति दिनेलाई विगतमा भएको छ सजाय।

फिनल्यान्डको पिरकानमा/ताम्पेरे क्षेत्रस्थित आका नगरका निर्वाचित नगर परिषद् सदस्य आन्तोन मुरोलाले सामाजिक सञ्जालमा आप्रवासीहरूलाई “हानिकारक जीव” र “फोहोरी समूह” जस्ता नस्लवादी शब्द प्रयोग गरेको खुलासा भएको छ। उनी आप्रवासीप्रति अनुदार मानिने फिन्स पार्टीका स्थानीय नेता हुन्।

फिनल्यान्डको सार्वजनिक प्रसारक YLE लाई प्रतिक्रिया दिएका फौजदारी कानुनका प्राध्यापक किम्मो नुओतिओका अनुसार यस्ता चरम अपमानजनक अभिव्यक्तिहरू फिनल्यान्डको कानुनअनुसार ‘कुनै समुदायविरुद्ध घृणा वा हिंसा भड्काउने अपराध’ को दायरामा पर्न सक्छन्।

यसअघि पनि फिनल्यान्डमा सांसदहरू पाइभी रासानेन, युस्सी हाल्ला-अहो, तेउभो हाक्काराइनेन र हाल युरोपेली संसदका सदस्य रहेका सेबास्तियन तुन्कुनेन जस्ता शीर्ष नेताहरूले यस्तै घृणास्पद अभिव्यक्तिका कारण अदालतबाट सजाय पाइसकेका छन्।

हाल फिनल्यान्डको न्याय मन्त्रालयले योसम्बन्धी कानुनी व्यवस्थालाई पनि थप परिमार्जन र कडा बनाउने तयारी गरिरहेको बताइएको छ।

विज्ञापन
विवादास्पद अभिव्यक्ति दिएका फिन्स पार्टीका स्थानीय नेता आन्तोन मुरोला। फोटो स्रोतः मुरालाको सामाजिक संजाल।

के भनेका थिए मुरोलाले?

मुरोलाले विशेषगरी सामाजिक सञ्जाल ‘एक्स’ (X) मा विदेशी मूलका व्यक्तिहरूले गरेका अपराधका घटनाहरू सेयर गर्दै चरम नस्लवादी शब्दहरू प्रयोग गर्ने गरेका छन्।

उनले “वामपन्थीहरूले यही मन पराउँछन्” भन्ने टिप्पणी पनि गर्ने गरेका छन्। उनले आप्रवासीप्रति उदारता राख्ने वामपन्थी सोचलाई समेत एक पोस्टमा “मस्तिष्क रोग”सँग तुलना गरेका थिए।

उनले स्वेत नागरिकहरूलाई “पीठोको-मुख” र आप्रवासीहरूलाई “हानिकारक जीव” भन्दै टिप्पणी गरेका छन्। साथै, उनले ऐतिहासिक रूपमा दासत्व र उपनिवेशवादसँग जोडिएको अपमानजनक शब्द ‘निगर/नेकेरी’को प्रयोगलाई पनि सामान्यीकरण गर्ने प्रयास गरेका छन्।

आप्रवासन सम्बन्धी विषयमा लेख्दा आफ्नो “थोरै बाँकी रहेको फिल्टर पनि हट्दै गएको” उनले YLE लाई दिएको प्रतिक्रियमा बताएका छन्। मुरोलाका अनुसार उनी पाठकलाई झकझक्याउन चाहन्छन् र आफ्नो अनलाइन उपस्थितिमा आफ्नै राजनीतिक खेमाभित्र पनि आफू “कडा शैलीको पात्र” भएको स्वीकार गर्छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

मुरोलाका केही पोस्टहरूमा आप्रवासी समूहहरूविरुद्ध हिंसाको संकेत देखिने YLE ले लेखेको छ। बेलायतको आप्रवासनसम्बन्धी समाचारबारे टिप्पणी गर्दै उनले यदि आप्रवासीलाई घर फिर्ता पठाउने पद्दतीले समस्याको समाधान नगरेमा आप्रवासी विरूद्ध शारीरिक हिंसा र हतियार प्रयोगसम्म हुनसक्ने अर्थ लाग्ने अभिव्यक्ति दिएका थिए।

उनले सजायका लागि मृत्युदण्डको समेत पुनःस्थापना हुनुपर्ने इच्छा व्यक्त गरेका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

उनले आफ्नो सामाजिक सञ्जालको व्यक्तित्व र नगरपरिषद्को काम भने फरक रहेको दाबी गरेका छन्। यद्यपि, आका नगरपरिषद्की अध्यक्ष यानिता पुओमिलाले जनप्रतिनिधिहरूबाट यस्तो अभद्र भाषा स्वीकार्य नहुने र सबैले आफ्नो पदीय मर्यादाको ख्याल राख्नुपर्ने मिडियालाई दिएको प्रतिक्रियामा बताएकी छन्।

४८ वर्षीय मुरोला आका नगरको लेखापरीक्षण समितिका अध्यक्ष समेत हुन्।

फौजदारी कानुनका प्राध्यापक नुओतिओका अनुसार मुरोलाका अभिव्यक्तिहरू अत्यन्तै कडा र स्पष्ट रुपमा आप्रवासी विरोधी छन्।

“मानिसहरूलाई जनावरसँग तुलना गरेर उनीहरूको मानवीय गरिमा र अस्तित्वको अधिकारलाई अस्वीकार गर्नु खतरनाक हो,” प्राध्यापक नुओतिओ भन्छन्, “यसले समाजमा विभिन्न समुदायबीचको विश्वास कमजोर बनाउँछ र कानुनी राज्यको जगलाई नै असर गर्छ।”

फिनल्यान्डको कानुनमा ‘कुनै पनि समुदायविरुद्ध घृणा वा हिंसा भड्काउनु’ एक गम्भीर अपराध हो। राजनीतिक अभिव्यक्ति स्वतन्त्रताको दायरा फराकिलो भए तापनि कुनै पनि समूहलाई समग्र रूपमा अपमानित गर्ने छुट राजनीतिज्ञहरूलाई हुँदैन।

मुरोला विरुद्ध प्रहरीले अनुसन्धान सुरू गर्छ वा गर्दैन त्यो भने अझै स्पष्ट भैसकेको छैन।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप