संग्रह गर्नुहोस्।
संग्रहित

फिनिस संसद्का महासचिव माथि ‘देशद्रोह’ को आरोप 

पेल्टारीले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन्।

.संक्षेपमा.


  • फिनल्यान्डका संसद् सचिव आन्ती पेल्टारीमाथि राष्ट्रद्रोह र पदको दुरुपयोगको आरोप।
  • सुरक्षा गोपनीयता उल्लंघन गरेको र देशको सुरक्षालाई गम्भीर हानि पुर्‍याएको आशंकामा अनुसन्धान।
  • आफूले कुनै गल्ती नगरेको पेल्टारीको दाबी।

फिनिस संसद्का महासचिव आन्ती पेल्टारी माथि राष्ट्रद्रोहको गम्भीर आरोप लागेको छ। यो आरोप उनको अघिल्लो जिम्मेवारी संग जोडिएको छ। उनी सुयोलुपोलिसी अर्थात् फिनिस गुप्तचर प्रहरीको प्रमुख हुँदा भएको घटनामा आधारित रहेर यो आरोप लगाईएको हो।

यो समाचार पहिलोपटक हेलसिन्गिन सानोमातले प्रकाशित गरेको थियो र पछि YLE ले पनि पेल्टारीलाई लागेको आरोपको पुष्टि गरेको छ। पेल्टारीमाथि सुरक्षा गोपनीयता उल्लंघन गरेको र पदको दुरुपयोगको गरेको आशंका छ।

कुनै व्यक्तिले फिनल्यान्डको राष्ट्रिय सुरक्षा वा रक्षालाई गम्भीर हानि पुर्‍याउने खालको जानकारी सार्वजनिक गर्नु, हस्तान्तरण गर्नु वा प्राप्त गर्नुलाई सुरक्षा गोपनीयता उल्लंघनको परिधीमा अनुसन्धान गर्ने चलन छ। यो अपराधका लागि कम्तीमा चार महिनादेखि अधिकतम चार वर्षसम्मको जेल सजाय हुन सक्छ। यस्तो अपराध लापरबाहीका कारण भएको ठहरिएमा भने जरिवाना वा अधिकतम दुई वर्षको जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ।

पेल्टारीले सामाजिक सञ्जाल एक्समार्फत आफूमाथि लागेको आरोपबारे जानकारी दिएका छन्। यो आरोप सुपोबाट सेवानिवृत्त भएका केही कर्मचारीले गोप्य जानकारी प्राप्त गरेको हुन सक्ने विषयसँग सम्बन्धित रहेको उनले जनाएका छन्। उनले त्यही प्रकृयामा हस्तक्षेप नगरेको भन्ने आरोप हो। पेल्टारीले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन्।

पेल्टारीले आफूले कुनै अपराध नगरेको जिकिर गरेका छन्।

आरोपको अनुसन्धान गरिरहेका विशेष अभियोजक टार्मो ट्यानरले यो चरणमा थप जानकारी दिन अस्वीकार गरेका छन्। उनले फिनिस रेडियो च्यानल YLE सँगको कुराकानीमा अपराधको शीर्षकबारे पनि टिप्पणी गर्न नसक्ने बताए।

आन्ती पेल्टारी सन् २०११ देखि २०१८ सम्म फिनल्यान्डको गुप्तचर निकाय सुपोको प्रमुख थिए। यो निकायले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारीहरूको संरक्षण र अनुसन्धान गर्छ। उनको कार्यकालमा भएका कुनै पनि लापरबाही वा गोप्य जानकारी चुहावटले देशको सुरक्षालाई जोखिममा पार्न सक्ने भन्दै यो अनुसन्धानलाई गम्भीरताका साथ हेरिएको छ।

हाल पेल्टारी फिनल्यान्डको संसद्को महासचिवको रूपमा कार्यरत छन्। यो पनि निकै संवेदनशील र उच्च पद हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप