संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्याण्डमा पहिलो ‘हिमालयन कप’ फुटबल प्रतियोगिता हुने

फिनल्याण्डमा बसोबास गर्ने नेपाली फुटबल टोलीहरू उपाधिका लागि भिड्दै, प्रतियोगिताले नेपाली समुदायमा एकता र उत्साह थप्ने विश्वास।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • फिनल्याण्डमा पहिलो पटक हिमालयन कप फुटबल प्रतियोगिता आयोजना हुने।
  • प्रतियोगिता १४ जुन २०२५ मा हेलसिन्कीमा हुने। विभिन्न नेपाली टोलीहरूको सहभागिता रहने।
  • खेलकुद मार्फत नेपाली समुदायमा एकता र सामुदायिक भावना अभिवृद्धि गर्ने लक्ष्य।

नेपाली समुदायलाई खेलकुद मार्फत एकताबद्ध गर्ने उद्देश्यले फिनल्याण्डमा पहिलो पटक “हिमालयन कप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिमालयन स्पोर्ट्स क्लबको आयोजनामा हुन लागेको यो प्रतियोगिता १४ जुन २०२५ शनिबारका दिन हेलसिन्कीस्थित पुओतिलान तेकोनुर्मी (Puotilan Tekonurmi) मा बिहान ९ बजेदेखि सुरु हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा फिनल्याण्डभरिका विभिन्न नेपाली फुटबल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक हिमालयन स्पोर्ट्स क्लबले प्रतियोगितालाई केवल एक खेल मात्र नभई एकता र सामुदायिक भावनाको उत्सवको रूपमा लिएको बताएको छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ। करिब १० घण्टासम्म चल्ने प्रतियोगितामा जो कोही पनि उपस्थित भई खेलाडीहरूको हौसला बढाउन सक्नेछन्।

प्रतियोगितामा फिनल्याण्डभरिका नेपाली फुटबल टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।

विज्ञापन

आयोजकले प्रतियोगिता सम्बन्धी थप जानकारीहरू क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ र सबैलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पार्न अनुरोध गरेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप