संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डका रुखमा भेटियो सुन!

फिनल्यान्डको औलु विश्वविद्यालय र जियोलोजिकल सर्भेको अनुसन्धानले सल्लाको पात (सुई) भित्रका ब्याक्टेरियाले सुन जम्मा गर्न मद्दत गर्ने तथ्य पत्ता लगाएको छ।

.संक्षेपमा.


  • रुखले माटोबाट पानीसँगै घोलिएको सुन सोस्ने अनुसन्धानकर्ताले पत्ता लगाए।
  • पातभित्रका ब्याक्टेरियाले सुनलाई ठोस न्यानो (nano) कणमा बदल्छन्।
  • नयाँ खोजले वातावरणमैत्री तरिकाले खनिज पत्ता लगाउन मद्दत गर्ने।

फिनल्यान्डका वैज्ञानिकहरूले रुखमा सुनका कणहरू फेला पारेका छन्। जियोलोजिकल सर्भे अफ फिनल्यान्ड र औलु विश्वविद्यालयको एक संयुक्त अनुसन्धानले सल्लाको पात (सुई) भित्र बस्ने ब्याक्टेरिया र सुनका कणहरूबीच सम्बन्ध रहेको देखाएको हो।

अनुसन्धानकर्ता काइसा लेहोसमाका अनुसार रुखले जराको माध्यमबाट पानीसँगै माटोमा घोलिएको सुनलाई सोस्दछ। त्यसपछि रुखको पातभित्र रहेका विशेष ब्याक्टेरियाले त्यस तरल सुनलाई ठोस सूक्ष्म कणमा परिणत गर्छन्।

यो अनुसन्धान कित्तिल्या खानी क्षेत्रका २३ वटा सल्लाका रुखहरूबाट लिइएको ३८ वटा नमुनामा गरिएको थियो। उक्त क्षेत्र सुन खानीका लागि पहिलेदेखि नै परिचित छ।

रुखमा जम्मा हुने सुनका कणहरू मानव आँखाले देख्न नसकिने कुरा भने औलु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।

यो जानकारी सुन खोज्नेहरूका लागि निकै उपयोगी हुन सक्छ। “अब रुखका पातहरूमा यी ब्याक्टेरियाहरू खोजेर सुनको सम्भावित भण्डार पत्ता लगाउन सजिलो हुन सक्छ।” लेहोसमा भन्छिन्।

रुखमा जम्मा हुने सुनका कणहरू मानव आँखाले देख्न नसकिने कुरा भने औलु विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।

वैज्ञानिकहरूका अनुसार यो नतिजाले जैविक र वातावरणमैत्री खनिज अन्वेषण विधिको लागि आधार तयार गरेको छ। यस्तै प्रक्रिया अन्य बोटबिरुवा र खनिजहरूको खोजीमा पनि प्रयोग गर्न सकिने सम्भावना छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप