संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की सिटीका HeKa अपार्टमेन्टमा बस्नेले तिरेनन् भाडा, ५४ लाख युरो असुल हुन बाँकी

कम्पनीले भुक्तानी सल्लाह सेवा र किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्नुका साथै सम्पर्क सहजताका लागि फोन लाइनहरू थप गर्ने योजना बनाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • हेकाका भाडावालहरूबाट ५४ लाख युरो भाडा असुल हुन बाँकी।
  • कम्पनीको ऋण ३.३ बिलियन युरो पुग्यो।
  • हेका अपार्टमेन्टहरूको भाडा फेरि केही प्रतिशतले बढ्ने।

हेलसिन्की शहरको सबैभन्दा ठूलो सार्वजनिक आवास कम्पनी हेका (Heka) ले गत वर्ष ठूलो आर्थिक चुनौतीको सामना गर्नुपरेको छ। कम्पनीका भाडावालहरूबाट करिब ५४ लाख युरो भाडा असुल हुन नसकेको कम्पनीको वार्षिक प्रतिवेदनले देखाएको छ।

कम्पनीका वित्त निर्देशक मिक्को हेरायार्भीका अनुसार यो अप्रत्याशित रूपमा ठूलो रकम हो। बेरोजगारी र घरपरिवारको आर्थिक स्थिति कमजोर हुँदै गएकाले भाडावालहरूको भुक्तानी क्षमतामा ह्रास आएको उनले बताए।

हेलसिन्की सहरमा हेका अपारर्टमेन्टहरुमा धेरै नेपाली परिवारहरू पनि बस्ने गरेका छन्।

हेकाकी प्रमुख कार्यकारी अधिकृत मारिया अस्पालाले भाडावालहरूलाई सहयोग गर्न विभिन्न उपायहरू अवलम्बन गरिने बताइन्। कम्पनीले भुक्तानी सल्लाह सेवा र किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्नुका साथै सम्पर्क सहजताका लागि फोन लाइनहरू थप गर्ने योजना बनाएको छ।

विज्ञापन

गत वर्ष कम्पनीले १,०७० आवास एकाइहरूको मर्मतसम्भार गरेको थियो। यस वर्ष नयाँ भवन निर्माण र मर्मतसम्भारको कार्य अझै बढ्ने अपेक्षा गरिएको छ। कम्पनीले सन् २०२५ मा भाडादरमा पनि केहि वृद्धि गर्ने योजना बनाएको छ।

हेकाले सन् २०२४ मा २१० नयाँ आवास एकाइहरू निर्माण गरेको थियो, जुन अघिल्लो वर्षको १,१५० को तुलनामा निकै कम हो। तर आगामी वर्षका लागि याकोमाकी, भुओसारी, औलुनक्युला र यात्कासारी क्षेत्रमा पाँच नयाँ आवास परियोजनाहरू सम्पन्न हुने र कुल ३८९ नयाँ एकाइहरू थपिने कम्पनीले जनाएको छ।

हेका अपार्टमेन्टहरूमा हालको औसत भाडादर प्रति वर्गमिटर १३.७५ युरो रहेको छ। यस वर्ष निर्माणाधीन नयाँ एकाइहरूको भाडादर भने प्रति वर्गमिटर १७.०४ युरो तोकिएको छ। यात्कासारी क्षेत्रमा ४० वर्गमिटरको एक-कोठे फ्ल्याटको मासिक भाडा एक हजार युरोसम्म पुग्ने अनुमान गरिएको छ।

प्रमुख कार्यकारी अधिकृत अस्पालाका अनुसार यस्ता महँगा कोठाहरू भने सीमित संख्यामा मात्र छन्। “एक हजार युरो भाडा तिर्नुपर्ने एकाइहरू औंलामा गन्न सकिने संख्यामा मात्र छन्। यो हेकाको नयाँ नीति होइन र यस्ता एकाइहरू भविष्यमा पनि दुर्लभ नै रहनेछन्,” उनले स्पष्ट पारिन्।

कम्पनीले नयाँ एकाइहरूको न्यूनतम क्षेत्रफल ३० वर्गमिटर भन्दा बढी राख्ने नीति लिएको छ। यद्यपि औलुनक्युलामा निर्माणाधीन २९.५ वर्गमिटरको एक-कोठे फ्ल्याट भने अपवादको रूपमा रहेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

“हामी सम्बन्धित चुनौतीहरू समाधान गर्न प्रयत्नशील छौं। आवासहरू राम्रो अवस्थामा होऊन् र छिटो भाडामा जान सकून् भन्नेमा हाम्रो जोड छ।”

– मारिया अस्पाला, प्रमुख कार्यकारी अधिकृत

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

कम्पनीले यस वर्ष १०० मिलियन युरो बराबरको मर्मतसम्भार कार्य गर्ने लक्ष्य राखेको छ। साथै यस वर्ष कालासातामा, औलुनक्युला, मेल्लुनमाकी र तापानिलामा नयाँ आवास एकाइहरूको निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप