संग्रह गर्नुहोस्।
संग्रहित

यस्ता छन् फिनल्यान्डमा धेरै अर्डर गरिने १० खानाः भारतीय भन्दा नेपाली खाना लोकप्रिय

फूड डेलिभरी सेवा फूडोराको पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डमा धेरै अर्डर गरिने शीर्ष १० खानाको सूचीमा नेपाली खाना पनि पर्न सफल भएको छ।

संक्षेपमा


  • फिनल्यान्डमा नेपाली खाना शीर्ष १० लोकप्रिय खानाको सूचीमा
  • पिज्जा र बर्गर सबैभन्दा धेरै अर्डर गरिने खाना।
  • ग्रोसरीमा काँक्रो र केराको माग उच्च।

फूड डेलिभरी सेवा फूडोराले हालै सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार एक वर्षको अवधिमा फिनल्यान्डमा धेरै अर्डर गरिएका शीर्ष १० परिकारको सूचीमा नेपाली खाना पनि समावेश छ।

अक्टोबर २०२४ देखि अक्टोबर २०२५ सम्मको तथ्याङ्क अनुसार नेपाली खाना लिस्टको नवौँ नम्बरमा छ। नेपाली खाना पछि भारतीय खाना दसौँ नम्बरमा छ।

फूडोराको तथ्याङ्क अनुसार फिनल्यान्डमा नेपाली खानाको लोकप्रियता बढ्दो क्रममा रहेको र भारतीय भन्दा नेपाली खाना झनै लोकप्रिय रहेको देखिएको हो।

यस्ता छन् अरू धेरै अर्डर गरिने खाना

सूचीको पहिलो स्थानमा पिज्जा र दोस्रोमा बर्गर रहेका छन्। अन्य लोकप्रिय खानाहरूमा स्यान्डविच, चिनियाँ खाना, कबाब, मेक्सिकन खाना र सुशी समावेश छन्।

फूडोराका अनुसार फिनल्यान्डका मानिसहरू नयाँ रेस्टुरेन्टमा जान/परीक्षण गर्न खासै रुचि राख्दैनन्। उनीहरूले वर्षभरिमा औसतमा तीन वटा मात्र नयाँ रेस्टुरेन्ट प्रयोग गर्ने गरेका छन्।

ग्रोसरी सामान अर्डर गर्दा भने फिनिसहरूले सबैभन्दा बढी काँक्रो र केरा मगाउने गरेका छन्। यसका साथै दूध, अण्डा, टमाटर र मासु पनि धेरै अर्डर हुने सूचीमा परेका छन्।

फूडोराका अनुसार सातामा सबैभन्दा बढी अर्डर हुने दिन आइतबार हो। वर्षको सबैभन्दा धेरै अर्डर हुने महिना भने मार्च रहेको तथ्याङ्कले देखाएको छ।

हेलसिन्की, ताम्पेरे र तुर्कुजस्ता शहरहरूमा राति ढिलोसम्म अर्डर गर्नेहरूको सङ्ख्या धेरै छ। नयाँ वर्ष २०२५ को युरोपभरिकै पहिलो फूडोरा अर्डर पनि फिनल्यान्डकै राउमा शहरबाट गरिएको थियो।

उक्त अर्डर मध्यरातको ठिक २४ सेकेन्डपछि ‘यति कबाब एन्ड पिज्जेरिया’ बाट गरिएको थियो। जसमा कबाब र मुमिन जुस समावेश थियो।

पुरा लिस्ट


१- पिज्जा

२- बर्गर

३- स्यान्डविच

४- चिनियाँ खाना

५- कबाब

६- मेक्सिकन खाना

७- कुखुराका पखेटा/ चिकेन विग्स

८- सुषी

९- नेपाली खाना

१०- भारतीय खाना


नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप