संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा जारी-२ को प्रदर्शन पक्का, आयोजक भन्छन्–रोक्नलाई धेरै उजुरी हालेछन्

केही प्राविधिक र कानुनी अड्चनका कारण अन्योलमा परेको ‘जारी २’ को प्रदर्शन अब तोकिएकै मिति र स्थानमा ‘विशेष शो’ को रूपमा हुने भएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • नोभेम्बर २४ मा तोकिएकै समय र स्थानमा फिल्म देखाइने।
  • दर्शकको उमेर हद १६ वर्षभन्दा माथि हुनुपर्ने।
  • टिकटको मूल्य १५ यूरो।

फिनल्यान्डको हेलसिन्कीमा नेपाली चलचित्र ‘जारी २’ को प्रदर्शनलाई लिएर देखिएको अन्योल अन्ततः हटेको छ। आयोजक ‘हाम्रो इभेन्ट्स’ का अनुसार चलचित्रको प्रदर्शन पुरानै मिति र स्थानमा ‘विशेष प्रदर्शन’को रूपमा गरिने भएको हो।

यो विशेष प्रदर्शन हेलसिन्कीको Elokuvateatteri Kino K13 मा आगामी २४ नोभेम्बर सोमबारका दिन साँझ १७:३० देखि २०:०० बजेसम्म हुनेछ।

आयोजकले फिल्म हेर्न आउने दर्शकको उमेर १६ वर्ष वा सोभन्दा माथि हुनुपर्ने नियम स्पष्ट पारेको छ। टिकटको मूल्य १५ यूरो कायम गरिएको छ भने केही दिनदेखि बन्द रहेको टिकेटिङ प्रणाली पनि पुनः सुचारु गरिएको आयोजकले जनाएको छ।

किन भएको थियो स्थगित?

विज्ञापन

यसअघि नोभेम्बर १० मा प्राविधिक कारण देखाउँदै प्रदर्शन स्थगित गरिएको थियो। आयोजकका अनुसार कमर्सियल शोका लागि फिल्मको उमेर हद निर्धारण गर्नुपर्ने कानुनी बाध्यता र सोही क्रममा गरिएका अज्ञात उजुरीका कारण फिल्म प्रदर्शन रोक्नुपर्ने स्थिति आएको थियो।

“फिनल्यान्डमा कमर्सियल शोका लागि उमेर हद अनिवार्य हुन्छ। हामीले हल बुक गरेर प्रचार र टिकट बिक्री सुरु गरिसकेका थियौं, तर सम्बन्धित निकायबाट उमेर हदबारे समयमै जवाफ आएन,” हाम्रो इभेन्ट्सका निराजन थापाले नेपालीलाइनेनलाई भने। “यही बीचमा कसैले फिल्म प्रदर्शन अनधिकृत र गैरकानुनी रहेको भन्दै चलचित्र हल र अरू निकायमा अनेक खाले उजुरी हालेछन्।”

“त्यसै कारण धेरै प्राविधिक विषयमा जमेर लाग्नुपर्‍यो,” थापाले भने। “तर अब सबै विषयहरू ‘सर्ट आउट’ भएका छन्। जारी-२ विशेष सोको रूपमा प्रदर्शन हुन्छ। निकै राम्रो फिल्म छ, दर्शकहरू पक्कै आउनुहुन्छ भन्ने सोचेका छौँ।”

प्रदर्शन रोक्ने प्रयास कसले गरेको थियो भन्ने नेपालीलाइनेनको जिज्ञासामा थापाले कसले गर्‍यो भनेर थोरै आकलन आफूहरूलाई भए पनि त्यस्ता उजुरीहरू बिना नाम वा छद्म नामबाट गरिने भएकाले नामै किट्न भने नसकिने बताए।

पहिलो भागले दर्शकको मन जितेकाले दोस्रो भागप्रति पनि दर्शकको उच्च अपेक्षा रहेको छ।

कस्तो चलचित्र हो ‘जारी २’?

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

‘जारी २’ बक्स अफिसमा ब्लकबस्टर साबित भएको ‘जारी’ को सिक्वेल हो। उपेन्द्र सुब्बा निर्देशित यो चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको छ। फिल्मले लिम्बु समुदायको संस्कृति, प्रेम र विवाहपछिको द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

पहिलो भागले दर्शकको मन जितेकाले दोस्रो भागप्रति पनि दर्शकको उच्च अपेक्षा रहेको छ।

आयोजकले सार्वजनिक गरेको चलचित्र प्रदर्शनीको प्रचार पोस्टर।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप