संग्रह गर्नुहोस्।
संग्रहित

अनमोल केसीको ‘जेरी अन टप’ फिनल्यान्डमा पनि हेर्न पाइने, विद्यार्थी टिकटमा विशेष छुट

सगरमाथाको पृष्ठभूमिमा बनेको अनमोल केसीको 'ब्लकबस्टर' चलचित्र 'जेरी अन टप' जनवरी ९ मा हाम्रो इभेन्ट्सले भान्ताको तिक्कुरीलामा प्रदर्शन गर्ने भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डमा अनमोल केसीको ‘ब्लकबस्टर’ चलचित्र प्रदर्शन हुने।
  • नेपालको बक्स अफिसमा बनेको थियो हिट, नौ दिनमै कमाएको थियो ६.५ करोड रूपैयाँ।
  • विद्यार्थीहरूका लागि सस्तो टिकट र अनलाइन बुकिङको व्यवस्था।

नेपाली चलचित्रका ‘मेगास्टार’ भनेर चिनिएका अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ आगामी जनवरी ९ मा फिनल्यान्डमा प्रदर्शन हुने भएको छ।

हाम्रो इभेन्ट्सले आयोजना गर्न लागेको यो प्रदर्शनी भान्ताको तिक्कुरिलास्थित बायोग्राण्ड सिनेमा हलमा आयोजना हुनेछ। आयोजकका अनुसार चलचित्र प्रदर्शन सो दिन साँझ ६.३० मा सुरू हुनेछ।

चलचित्रको कथा जयवीर ‘जेरी’ राणाको वरिपरि घुम्छ। जो आफ्नो बुबाको अधुरो सपना पूरा गर्न र आत्म-खोजका लागि सगरमाथा चढ्ने कठिन यात्रामा निस्कन्छन्।

यात्राका क्रममा उनको भेट पेमा नामकी रहस्यमयी शेर्पा युवतीसँग हुन्छ। जसले जेरीको जीवन र प्रेममा नयाँ मोड ल्याउँछ।

विज्ञापन

खासगरि युवाहरूले धेरै मन पराएको जेरी अन टप नेपालको बक्स अफिसमा निकै सफल बनेको थियो। चलचित्रले नौ दिनमै ६.५ करोड रुपैयाँ र ३७ दिनमा १२ करोड २० लाख रुपैयाँभन्दा बढीको कमाइ गरेर वर्षकै सफल चलचित्रमध्ये एक बन्न सफल भएको थियो।

चलचित्रको मुख्य आकर्षण प्रेम कथाका अलावा सगरमाथा आरोहण र यसका उत्कृष्ट दृश्य (VFX) हुन्। चलचित्रमा प्रयोग गरिएको प्रविधि र छायाङ्कन निकै राम्रो रहेको समिक्षकहरूले लेखेका छन्।

सुयोग गुरुङले निर्देशन गरेको चलचित्रमा अनमोल केसीको सुधारिएको अभिनयको प्रशंसा गरिएको छ। यसमा आचल शर्मा, जसिता गुरुङ र केदार घिमिरेको पनि मुख्य भूमिका छ।

चलचित्रमा प्रयोग गरिएको प्रविधि र छायाङ्कन निकै राम्रो रहेको समिक्षकहरूले लेखेका छन्।

फिनल्यान्डमा विद्यार्थीलाई विशेष छुट

आयोजकले फिनल्यान्डमा रहेका नेपाली विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा गरेका छन्। सामान्य टिकटको १६.५० युरो पर्नेछ भनेर विद्यार्थी टिकटको मूल्य १२.५० युरो तोकिएको छ। आयोजकका अनुसार छुटको टिकट हाम्रो इभेन्ट्सको वेबसाइटबाट मात्र खरिद गर्न सकिनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विद्यार्थी छुटको टिकट खरिद गर्दा ePassi, Edenred वा Smartum जस्ता सुविधाका भौचरहरू प्रयोग गर्न पाइने छैन।

नियमित टिकट भने बायोग्राण्ड सिनेमाको अनलाइन टिकेटिङ सिस्टमबाट लिन सकिने व्यवस्था गरिएको छ। त्यसरी लिँदा दर्शकले आफूले चाहेको सिट पनि रोज्न पाउनेछन् र ePassi लगायतका भौचरको पनि प्रयोग गर्न सक्छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप