संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की नगर सदस्य रेग्मीले पाए महत्वपूर्ण राजनीतिक जिम्मेवारी

नगर परिषद्को कार्यपालिकाको वैकल्पिक सदस्य र आर्थिक विकास समितिको सदस्यको जिम्मेवारी प्राप्त गर्नु रेग्मीको उल्लेख्य उपलब्धि हो। सामान्यतया: यी पदहरू पहिलो पटक नगर परिषद्मा निर्वाचित हुनेले प्राप्त गर्दैनन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • नेपाली पृष्ठभूमिका कृष्ण रेग्मी हेलसिन्की नगर परिषद्को कार्यपालिकाको वैकल्पिक सदस्यमा चयन।
  • नगर परिषद्को आर्थिक समितिको सदस्य तथा उसीमा प्रदेश सभा सदस्यको रूपमा पनि जिम्मेवारी प्राप्त।
  • आर्थिक र क्षेत्रीय विकासमार्फत हेलसिन्की र उसीमा क्षेत्रका नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता।

हेलसिन्की, फिनल्यान्ड। फिनल्यान्डको राजधानी हेलसिन्कीको नगर परिषद् सदस्य नेपाली पृष्ठभूमिका कृष्ण रेग्मीले सन् २०२५–२०२९ कार्यकालका लागि महत्त्वपूर्ण राजनीतिक जिम्मेवारीहरू प्राप्त गरेका छन्। सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी) हेलसिन्कीले उनलाई नगर परिषद्को कार्यपालिकाको वैकल्पिक सदस्य, आर्थिक विकास समितिको सदस्य, तथा उसीमा प्रदेश सभा सदस्यको रूपमा चयन गरेको हो।

रेग्मीले जनाए अनुसार यी पदहरूमा उनको नियुक्तिलाई आगामी जुन २ मा बस्ने नगर परिषद् बैठकले अनुमोदन गरी अन्तिम रूप दिनेछ।

खासगरी नगर परिषद्को कार्यपालिकाको वैकल्पिक सदस्य र आर्थिक विकास समितिको सदस्यको जिम्मेवारी प्राप्त गर्नु रेग्मीको उल्लेख्य उपलब्धि हो। सामान्यतया: यी पदहरू पहिलो पटक नगर परिषदमा निर्वाचित हुनेले प्राप्त गर्दैनन्।

हेलसिन्की नगर बोर्ड नगर परिषद्को कार्यकारी शाखाको रूपमा काम गर्छ। सोझो भाषामा भन्दा यो हेलसिन्कीको ‘नगर सरकार’ हो। यसले विभिन्न निर्णयहरूको कार्यान्वयन निरीक्षण गर्ने, सहरका दैनिक कामहरू व्यवस्थापन गर्ने र बजेटको खाका कोर्ने देखि सहरको दीर्घकालीन रणनीतिक विकास गर्ने सम्मका वृहत् कामहरू गर्छ।

विज्ञापन

आफूले पाएको नयाँ भूमिकाले आफूलाई खुसी, उत्साहित र अझ बढी जिम्मेवार महसुस गराएको रेग्मीले नेपालीलाइनेनलाई बताए।

“मलाई दिइएका जिम्मेवारीहरू म प्रतिको विश्वास र हाम्रा मतदाताप्रति देखाइएको सम्मान हो।” रेग्मीले भने। “हामीले गरेका प्रतिबद्धताहरू पूरा गर्न मबाट धेरै अपेक्षा गरिएको छ र यसले थप जिम्मेवार बनाएको छ।”

नयाँ जिम्मेवारीअनुसार रेग्मीले हेलसिन्की नगर परिषद्को कार्यपालिका (सिटी बोर्ड) को वैकल्पिक सदस्यका रूपमा नगरको नीति निर्माण तथा महत्त्वपूर्ण निर्णय प्रक्रियामा संलग्न हुनेछन्। नगर परिषद्को आर्थिक समितिको सदस्यका रूपमा नगरको आर्थिक मामिला, बजेट तर्जुमा र विकासका योजनाहरूमा उनको महत्त्वपूर्ण भूमिका रहनेछ। 

मैले पाएको यो विश्वासको लागि म अत्यन्त आभारी छु। म हेलसिन्की र सम्पूर्ण प्रदेशका नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पार्नका लागि कडा मेहनत गर्नेछु।

कृष्ण रेग्मी, नगर परिषद् सदस्य, हेलसिन्की

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

नयाँ जिम्मेवारी प्राप्त गरेपछि रेग्मीले सामाजिक सञ्जालमा लेख्दै आफूले प्राप्त गरेको विश्वासको लागि अत्यन्त आभारी रहेको र हेलसिन्की र सम्पूर्ण प्रदेशका नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पार्न कडा मेहनत गर्ने कुरा उल्लेख गरेका छन्।

गत अप्रिल २०२५ मा सम्पन्न फिनल्यान्डको स्थानीय निर्वाचनमा रेग्मी राजधानी हेलसिन्कीबाट ८६७ मत प्राप्त गरी विजयी भएका थिए। उनले हेलसिन्कीका Kivikko, Jakomäki, Siltamäki, र Kontula लगायतका क्षेत्रबाट धेरै मत प्राप्त गरेका थिए। रेग्मी उक्त पदमा विजयी हुने पहिलो नेपाली हुन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप