संग्रह गर्नुहोस्।
संग्रहित

ब्रेकिङः कृष्ण रेग्मी फिनल्यान्डको चुनावमा सांसदको उम्मेदवार, पाए पार्टीको टिकट

हेलसिन्कीबाट एसडीपीको उम्मेदवार छनोट भएसँगै रेग्मी फिनल्यान्डको संसदमा पुग्ने पहिलो नेपाली मूलका व्यक्ति बन्न सक्नेछन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • एसडीपीबाट संसदीय चुनावको उम्मेदवार बन्ने पहिलो नेपाली मूलका व्यक्ति।
  • स्थानीय चुनावको सफलतापछि राष्ट्रिय राजनीतिमा फड्को।
  • आप्रवासी बालबालिकाहरूका लागि प्रेरणाको स्रोत बन्ने सपना।

फिनल्यान्डको आगामी संसदीय निर्वाचनमा हाल हेलसिन्की नगरमा नगर परिषद् सदस्य रहेका कृष्ण रेग्मी उम्मेदवार बन्ने भएका छन्। फिनल्यान्डको प्रमुख राजनीतिक दलमध्ये एक सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) ले उनलाई हेलसिन्की क्षेत्रबाट आजै उम्मेदवार चयन गरेको हो।

देशकै राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको हेलसिन्की निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिका लागि निकै महत्त्वपूर्ण मानिन्छ। संसदीय चुनावका लागि हेलसिन्कीबाट टिकट पाउनु पनि कठिन मानिन्छ।

उम्मेदवार बन्नका लागि उनले कडा प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पार गरेका थिए। यो अवसर पाउने उनी पहिलो नेपाली मूलका व्यक्ति हुन् भने निर्वाचित भएमा फिनल्यान्डको संसद् प्रवेश गर्ने पहिलो नेपाली बन्नेछन्।

हेलसिन्की क्षेत्रमा उनीसँगै एसडीपीले ११ जना उम्मेदवार उठाएको छ। एसडीपीकी प्रथम उपाध्यक्ष नसिमा राज्म्यार पनि हेलसिन्कीबाटै उम्मेदवार बनेकी छन्।

विज्ञापन

एसडीपी फिनल्यान्डको सबैभन्दा ठूलो पार्टीमध्येको एक हो। आगामी चुनावमा यसले जित हासिल गर्ने र फिनल्यान्डको नयाँ सरकारको नेतृत्व गर्ने विभिन्न सर्वेक्षणको प्रक्षेपण छ।

आफ्नो उम्मेदवारी पक्का भएपछि नेपालीलाइनेनसँग संक्षिप्त कुरा गर्दै रेग्मीले यो खुसीको क्षणसँगै ठूलो जिम्मेवारी भएको बताए। “मेरा शुभचिन्तकहरूकै समर्थन र सद्भावका कारण म आज यहाँ छु,” उनले भने।

उनले भविष्यमा पनि सबैबाट यस्तै सहयोग प्राप्त हुने आशा व्यक्त गरे। “यो एउटा ठूलो अवसर हो। मलाई सबैबाट र विशेषगरी हाम्रो समुदायबाट सुझाव, सहयोग, र मार्गदर्शन चाहिएको छ,” रेग्मीले भने। “हामी सबैले चाह्यौं भने मात्र यो सम्भव हुनेछ।”

फिनल्यान्डमा रहेका आप्रवासी समुदायका बालबालिकाहरूका लागि आफू प्रेरणा बन्न चाहेको उनले बताए। चुनौतीहरू भएपनि मेहेनत गरेमा जे पनि सम्भव छ भन्ने सन्देश दिनु आफ्नो लक्ष्य रहेको रेग्मीले बताए।

गत वर्ष सम्पन्न स्थानीय निर्वाचनमा हेलसिन्कीबाट उम्मेदवार बनेका रेग्मी ८६७ मतसहित नगर परिषद्मा विजयी भएका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विगत १७ वर्षदेखि फिनल्यान्डमा बसोबास गरिरहेका उनले एमबीए सम्मको अध्ययन गरेका छन् भने उनी हेलसिन्कीकै एक व्यावसायिक स्कुलमा शिक्षकको रूपमा कार्यरत छन्।

उनी ल्यापल्यान्ड विश्वविद्यालयमा पिएचडी अनुसन्धानरत पनि छन्। विगतमा विभिन्न उनी उद्यममा समेत सक्रिय थिए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्डको संसद्मा २०० सदस्यहरू रहन्छन् र हरेक चार वर्षमा संसदीय निर्वाचन हुन्छ। आगामी निर्वाचन सन् २०२७ को वसन्त ऋतु (अप्रिल) मा हुँदैछ।

फिनल्यान्डको चुनावमा खुल्ला सूची प्रणाली अपनाइन्छ, जसको अर्थ मतदाताले पार्टीलाई मात्र नभई सीधै आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्न पाउँछन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
मनोज भुसाल
मनोज भुसालhttps://manojbhusal.net
मनोज भुसाल नेपालीलाइनेनका संस्थापक तथा प्रधान सम्पादक हुन्। उनीसँग मिडिया उत्पादन र अनुसन्धानमा डेढ दशक भन्दा लामो अनुभव छ। उनले फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयबाट Global Development Studies मा पिएचडी गरेका छन्। उनले स्नातक र स्नातकोत्तर तहको अध्ययन पनि फिनल्यान्डबाटै पुरा गरेका हुन्।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप