संग्रह गर्नुहोस्।
संग्रहित

मध्यपूर्व तनावको बाछिटाः फिनल्यान्डमा समेत पर्नेछन् यस्ता असर

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनएयरद्वारा दुबई र दोहाका उडान रद्द, ४ हजार यात्रु प्रभावित।
  • सुपोका भन्छ-फिनल्यान्डमा तत्काल आतंककारी आक्रमणको जोखिम छैन।
  • इन्धनको मूल्य र महँगी बढ्ने अर्थविद्को चेतावनी।

अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वमा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर फिनल्यान्डमा समेत पर्न थालेको छ।

द्वन्द्वले हवाई यात्रामा ठुलो अवरोध ल्याउनुका साथै इन्धनको मूल्य वृद्धि मार्फत फिनल्यान्डको अर्थतन्त्रलाई प्रभावित पार्ने देखिएको छ।

द्वन्द्वको सबैभन्दा पहिलो प्रभाव मध्यपूर्वको यात्रा गर्ने फिनल्यान्डवासीमा परेको छ। फिनएयरले आगामी शुक्रवारसम्म संयुक्त अरब इमिरेट्सको दुबई र कतारको दोहा जाने उडानहरू रद्द गरेको छ।

रद्द भएका उडानहरूले करिब ४ हजार यात्रुलाई असर गर्नेछन्। फिनएयरका अनुसार यात्रुका लागि वैकल्पिक उडान खोज्ने प्रयास भने भैरहेको छ।

विज्ञापन

हाल त्यस क्षेत्रको हवाई मार्ग व्यावसायिक उडानका लागि पूर्णतः बन्द गरिएको छ। फिनएयरले यसअघि नै इजरायल, इराक, इरान र सिरियाको हवाई मार्ग प्रयोग गर्न छाडेको थियो।

फिनल्यान्डको विदेश मन्त्रालयले इरान र इजरायल लगायत कुवेत, बहराइन, कतार र युएईको यात्रा नगर्न आग्रह गरेको छ। ओमान र साउदी अरबमा पनि विशेष सावधानी अपनाउन मन्त्रालयले सुझाव दिएको छ।

आर्थिक असर मुख्य

फिनल्यान्डको सुरक्षा प्रहरी सुपोले तत्काल यहाँ आतङ्ककारी धम्कीको स्तर परिवर्तन नभएको जनाएको छ। यद्यपि इरानले फिनल्यान्डमा गुप्तचर गतिविधि र प्रभाव बढाउन सक्ने जोखिम भने रहेको विभिन्न विज्ञहरूले बताएका छन्।

यो द्वन्द्वको खास ठुलो असर अर्थतन्त्रमा पर्ने आकलन छ। कच्चा तेलको मूल्य बढ्दा फिनल्यान्डमा पेट्रोल र डिजेलको मूल्य पनि आकासिने छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यदि तेल ढुवानी हुने मुख्य मार्ग ‘हर्मुज जलमार्ग’ (Strait of Hormuz) लामो समय बन्द भएमा तेलको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्छ।

हर्मुज जलमार्ग इरान र ओमानको बिचमा रहेको एक साँघुरो समुद्री बाटो हो। विश्वको लगभग २० प्रतिशत भन्दा बढी कच्चा तेल यही मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो मार्गमा हुने कुनै पनि अवरोधले विश्वभर इन्धनको मूल्यमा गम्भीर असर पार्छ र यसको प्रत्यक्ष प्रभाव फिनल्यान्डलगायत सम्पूर्ण युरोपको अर्थतन्त्रमा देखिन्छ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्दा पनि तेलको मूल्य यस्तै उच्च विन्दुमा पुगेको थियो।

ग्यास र इन्धनको मूल्य बढ्दा युरोपभरि बिजुली पनि महँगो हुनेछ। युरोपेली बजारसँग जोडिएको हुनाले फिनल्यान्डमा पनि बिजुलीको मूल्य बढ्न सक्छ।

यसले युरोपमा आर्थिक मन्दीको जोखिम बढाउनेछ। तर अर्थतन्त्र सुस्त भएमा युरोपेली केन्द्रीय बैङ्कले ब्याजदर घटाउन सक्ने र यसले घर कर्जा सस्तो हुने सम्भावना पनि छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप