संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा आज आमाको मुख हेर्ने दिन, यस्तो छ यसको परम्परा

धेरै आप्रवासी परिवारहरूले पनि यो परम्परालाई अँगाल्दै आज आमाको दिन मनाउने गरेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डमा हरेक मे महिनाको दोस्रो आइतबार आमाको मुख हेर्ने दिन।
  • आमाहरूलाई फूल, उपहार र विशेष खानाको साथ गरिन्छ सम्मान।
  • नेपाली लगायत अन्य आप्रवासी समुदायले पनि गरे परम्पराको अनुसरण।

फिनल्याण्डमा आज मे महिनाको दोस्रो आइतबार आमाहरूको दिन अर्थात् äitienpäivä आमाहरूप्रति गहिरो सम्मान र प्रेम व्यक्त गर्दै देशभर मनाइँदैछ।

यो दिन फिनिस संस्कृतिमा आमाको भूमिका, त्याग, योगदान र महत्त्वलाई कदर गर्ने एक महत्वपूर्ण दिन हो।

आज छोराछोरीले आफ्नी आमालाई बिहानै ओछ्यानमै ब्रेकफास्ट तयार पारेर खुवाउने, हातले बनाएका कार्डहरू तथा उपहारहरू दिने र विशेष गरी वसन्त ऋतुमा फुल्ने सेतो भाल्कोभुओक्को नामको फूल दिने चलन छ।

आज फिनल्यान्डमा आधिकारिक रूपमा राष्ट्रिय झण्डा पनि फहराइन्छ, जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन।

विज्ञापन

आज आमाहरूलाई मात्र नभई हजुरआमाहरूलाई पनि विशेष सम्मान दिने गरिन्छ। बालबालिकाहरूले विद्यालय तथा शिशु स्याहार केन्द्रहरूमा आमाका लागि विभिन्न कार्डहरू, कलाकृति, र उपहारहरू बनाउँछन्।

आजै फिनल्यान्डका राष्ट्रपतिद्वारा केही विशेष आमाहरूलाई उनीहरूको योगदानको कदर गर्दै ‘अर्डर अफ द व्हाइट रोज अफ फिनल्यान्ड’ (Suomen Valkoisen Ruusun ritarikunnan mitali) पदकद्वारा सम्मानित पनि गरिन्छ।

आज फिनल्यान्डमा मात्र नभएर अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, भारत र युरोपका धेरै देशहरू लगायत ५० भन्दा बढी मुलुकमा आमाको मुख हेर्ने दिन मनाइन्छ।

दोस्रो विश्वयुद्धपछि धेरै फिनिश परिवारहरूले युद्धमा आफ्ना पुरुषहरू गुमाएका थिए र आमाहरूको भूमिका झनै महत्वपूर्ण बन्यो।

यस्तो छ इतिहास

फिनल्यान्डमा आमाहरूको दिन मनाउने परम्पराको सुरुवात फिनल्यान्डले स्वतन्त्रता पाएको एक वर्षपछि सन् १९१८ मा भएको हो।

यसको प्रारम्भिक श्रेय शिक्षक तथा सांसद भिल्हो रेइमालाई जान्छ। उनले अमेरिकी मातृ दिवसबाट प्रभावित भई फिनल्यान्डमा पनि यो दिवस मनाउनुपर्ने प्रस्ताव राखेका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सुरुमा यो दिनलाई मे महिनाको फरक मितिमा मनाउने प्रस्ताव गरिए पनि पछि मे महिनाको दोस्रो आइतबारलाई नै आधिकारिक रूपमा चयन गरियो।

दोस्रो विश्वयुद्धपछि धेरै फिनिश परिवारहरूले युद्धमा आफ्ना पुरुषहरू गुमाएका थिए र आमाहरूको भूमिका झनै महत्वपूर्ण बन्यो।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

सन् १९४७ देखि यो दिनलाई आधिकारिक रूपमा झण्डा दिवसको रूपमा मान्यता दिइयो। प्रारम्भिक दिनहरूमा यो दिवसलाई असल नागरिक तयार पार्ने र राष्ट्र निर्माणमा आमाको भूमिकालाई जोड दिने माध्यमको रूपमा हेरिन्थ्यो।

आज यो दिन फिनल्यान्डका धेरै रेस्टुरेन्टहरूका लागि वर्षको सबैभन्दा व्यस्त दिन मानिन्छ।

धेरै आप्रवासी परिवारहरूले पनि यो फिनिश परम्परालाई अंगाल्दै आमाको दिन मनाउने गरेका छन्। उदाहरणका लागि केही साता अघि आफ्नै आमाको मुख हेर्ने पर्व मनाएका नेपाली समुदायले पनि आज आफ्नी आमालाई फूल र उपहार दिने, मिठो खाना खुवाउने आदि गर्छन्।

अरबी मूलका परिवारहरूले पनि यो दिन मनाउँदा आफ्ना परम्परागत मिठाई र खानाहरू समावेश गर्ने गर्छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप