संग्रह गर्नुहोस्।
संग्रहित

नेपाली रेस्टुरेन्ट व्यवसायीको गुनासो: ‘एकतर्फी भएर नहेरौँ, हामीले कैयौँको कल्याण गरेका छौँ’

"दुर्गम गाउँबाट आएका सरल मानिसहरूलाई निसाना बनाउन, पेल्न सजिलो हुन्छ नी!" एक व्यवसायीले भने।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • मिडियाले नकारात्मक पक्षलाई मात्र बढी महत्त्व दिएको गुनासो।
  • धेरै व्यवसायीले सयौँ नेपालीलाई सहयोग र उद्धार गरेको दाबी।
  • व्यापारको दबाब, उच्च कर आदीका कारण ‘ग्रे एरिया’ मा काम गर्नुपर्ने अवस्था भएको जिकिर।

फिनल्यान्डको राजधानी हेलसिन्की क्षेत्रमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्ने व्यवसायीहरूले मिडिया र अन्य क्षेत्रबाट आफूहरूमाथि भइरहेको नकारात्मक टिप्पणीप्रति गुनासो व्यक्त गरेका छन्।

उनीहरूले केही व्यक्ति वा वर्षौँ अगाडी भएका घटनाका कारण सम्पूर्ण नेपाली रेस्टुरेन्ट समुदायलाई ‘चोर’ र ‘शोषक’को रूपमा खासगरी विभिन्न सामाजिक सञ्जालका ग्रुपहरूमा चित्रण गरिएकोमा आपत्ति जनाएका छन्।

केही वर्तमान र केही पूर्व रेस्टुरेन्ट व्यवसायीहरूले यो साता र गत साता नेपालीलाइनेनसँग गरेका अनौपचारिक कुराकानीमा यस्तो धारणा राखेका हुन्। उनीहरूले नेपालीलाइनेनमा प्रकाशित विभिन्न समाचारका बारेमा आफ्ना धारणा राख्न वा अन्य कारण नेपालीलाइनेनलाई सम्पर्क गरेका थिए।

एक व्यवसायीले सयौं नेपालीहरूलाई सहयोग गरेको राम्रो कामको चर्चा नभएको तर एउटा मात्र व्यक्तिगत केस बिग्रिए पनि त्यो ठूलो मुद्दा बन्ने गरेको बताए।

विज्ञापन

“दुर्गम गाउँबाट आएका सरल मानिसहरूलाई निसाना बनाउन, पेल्न सजिलो हुन्छ नी!” उनले भने।

अर्का व्यवसायीले फिनल्यान्डमा हुने शोषणसम्बन्धी मामिलामा पैसा दिने र लिने दुवै दोषी रहेको तर्क गरे। नेपालमा सामान्य मानिने यस्ता व्यवहार यहाँ फरक हुने भएकाले त्यसलाई व्यवहारिक भएर बुझ्नु आवश्यक रहेको उनको भनाइ थियो।

“मानिसहरू नेपाल छाड्न किन यति आतुर छन्? किन यति धेरै पैसा तिर्न तैयार छन्? त्यतातिर पनि बहस गर्ने की?” उनले प्रश्न गरे। “लिने र दिने दुवैको गल्ती हो। झुक्क्याएर पैसा लिइएको भएचाहिँ अर्कै कुरा हो।”

उनी पहिले नेपाली रेस्टुरेन्ट व्यवसायी रहेपनि अहिले भने अर्कै व्यवसायमा संलग्न छन्।

एक व्यवसायी भन्छन् –सबै एउटै हुन,सबै ठग हुन् भन्ने भाष्य बन्दा चित्त दुख्दो रहेछ।

सस्तो खाना र चर्को करको बाध्यता

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

अर्का एक व्यवसायीले रेस्टुरेन्ट सञ्चालकहरू सस्तोमा खाना बेच्न दबाबमा रहेको बताए। तीव्र प्रतिस्पर्धा र अत्यधिक करका कारण उनीहरूलाई ‘ग्रे एरिया’ अर्थात् ‘आपसी समझदारीमा’ काम गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

यस्तै अर्का नेपाली रेस्टुरेन्ट संचालनमा लामो अनुभव भएका व्यवसायीले केही पुराना मानिसले गरेको ‘शंकास्पद’ कामको सजाय आफूहरूले पनि पाउनु परेको दुखेसो पोखे।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

“हो, धेरै वर्षअघि आएका केही पुराना मान्छेहरूले केही गडबडी गरे होलान्, कोहीकोहीले अहिले पनि गरिरहेका होलान्। तर त्यसको मार हामी सबैले खेप्नु परिरहेको छ।” उनले भने। “म रेस्टुरेन्ट व्यवसायमा लागेको एक दशकभन्दा बढी भयो। तपाईं आएर मेरोमा काम गर्ने हरेक कर्मचारीलाई सोध्न सक्नुहुन्छ; उनीहरू सबै सन्तुष्ट छन्।”

“तर नेपाली रेस्टुरेन्टको छवि बिग्रिएको हुनाले मान्छेहरूले मलाई पछाडीबाट ‘चोर’ भन्दै गाली समेत गरेका छन्,” उनले भने। “अरू धेरै क्षेत्रमा पनि त बेथितिहरू छन् नि, तर सधैं हामीलाई मात्र निशाना बनाइन्छ। तपाईंहरूले राम्रो खोज पत्रकारिता सुरु गर्नुभएको छ। अरू क्षेत्रका बेथिती पनि बाहिर ल्याउनुस है।”

नेपालीलाइनेनलाई सम्पर्क गरेकी एक पूर्व रेस्टुरेन्ट व्यवसायीले फिनल्यान्डका फिनिस रेस्टुरेन्ट सरह ज्याला नदिएको स्वीकार गरे पनि यातना र दुर्व्यवहारको आरोपलाई अस्वीकार गरिन्।

उनले कामदारहरूलाई परिवारजस्तै व्यवहार गरेको र ती सबै अहिले फिनल्यान्डमा राम्रो जीवन बिताइरहेको दाबी गरिन्।

‘हो, पे मा कहिलेकाहीँ तलमाथि भए होला,’ उनले भनिन्। ‘तर एकतर्फी भएर नसोचौँ, हामीले धेरैलाई सहयोग गरेका छौँ। धेरैको उद्धार र कल्याण गरेका छौँ।’

सबै व्यवसायीहरूले श्रम शोषण गम्भीर मुद्दा रहेको र दोषीलाई कारबाही हुनपर्ने कुरा भने स्वीकारे। अदालतका निर्णयको सम्मान गर्नुपर्नेमा पनि उनीहरूको सहमति थियो। मानिसहरूलाई फिनल्यान्ड ल्याएर अलपत्र पार्ने काम गलत रहेको कुरामा पनि उनीहरूले जोड दिए।

“तर अहिले फिनल्यान्डमा डेढ दुई सय नेपाली रेस्टुरेन्ट छन्। कति त पूर्व पीडितले नै खोलेका रेस्टुरेन्ट छन्।” एक व्यवसायीले भने। “तर सबै एउटै हुन, सबै ठग हुन् भन्ने भाष्य बनेको देख्दा चित्त दुख्दो रहेछ।”

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप