संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की विमानस्थलमा नयाँ अनुहार स्क्यानिङ प्रणाली, यात्रामा हुनेछ यस्तो परिवर्तन

अक्टोबरदेखि हेलसिन्की-भान्ता विमानस्थलमा लागू हुने नयाँ बायोमेट्रिक प्रणालीले सेन्जेन क्षेत्र बाहिरका नागरिकहरूको यात्रा प्रक्रियालाई परिवर्तन गर्नेछ।

.संक्षेपमा.


  • हेलसिन्की-भान्ता विमानस्थलमा अक्टोबर १२ देखि नयाँ बायोमेट्रिक प्रणाली सुरु हुने।
  • सेन्जेन क्षेत्र बाहिरका यात्रुहरूको अनुहार र औंठाछाप रेकर्ड गरिने।
  • पासपोर्टमा स्ट्याम्प लगाउने प्रक्रियालाई डिजिटल प्रणालीले प्रतिस्थापन गर्ने।

हेलसिन्की-भान्ता विमानस्थलमा अक्टोबर १२ देखि ‘ईईएस’ (Entry/Exit System) नामक नयाँ सीमा नियन्त्रण प्रणाली सुरु गर्ने भएको छ। फिनल्यान्डले सीमा सुरक्षालाई थप सुदृढ बनाउन यो नयाँ प्रविधि प्रयोगमा ल्याउन लागेको हो।

यो प्रणाली विशेषगरी युरोपेली संघ र सेन्जेन क्षेत्र बाहिरका नागरिकहरूका लागि लक्षित छ, जसमा नेपाली नागरिकहरू पनि पर्दछन्।

यो नयाँ प्रणालीअन्तर्गत पहिलो पटक सेन्जेन क्षेत्रमा प्रवेश गर्दा यात्रुहरूको बायोमेट्रिक विवरण अर्थात् अनुहारको स्क्यान र औंठाछाप लिइनेछ। त्यसपछि सीमा अधिकारीले यात्रुको कागजात जाँच गर्नेछन्।

यो प्रक्रियापछि राहदानीमा भौतिक स्ट्याम्प लगाउने काम बन्द हुनेछ र सम्पूर्ण जानकारी डिजिटल रूपमा दर्ता हुनेछ।

फिनल्यान्डको गल्फ कोस्ट गार्डका हेलसिन्की सीमा जाँच विभागका प्रमुख पेट्री मेलिनका अनुसार यो प्रणालीले युरोपमा को-को छन् भन्नेबारे स्पष्ट जानकारी दिनेछ।

“कुनै व्यक्ति सेन्जेन क्षेत्रमा कहाँबाट प्रवेश गर्‍यो र कति समय बस्यो भन्ने हामीलाई थाहा हुनेछ,” उनले फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE सँग भनेका छन्।

एक पटक बायोमेट्रिक विवरण दर्ता भइसकेपछि अर्को पटक यात्रा गर्दा यात्रुहरूले सेल्फ-सर्भिस मेसिन प्रयोग गरेर छिटो र सहज रूपमा सीमा पार गर्न सक्नेछन्।

पटक-पटक युरोप यात्रा गर्नेहरूका लागि यो प्रणालीले यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ। एक पटक बायोमेट्रिक विवरण दर्ता भइसकेपछि अर्को पटक यात्रा गर्दा यात्रुहरूले सेल्फ-सर्भिस मेसिन प्रयोग गरेर छिटो र सहज रूपमा फिनल्यान्ड छिर्न वा फिनल्यान्डबाट बाहिर जान सक्नेछन्।

अहिले सेन्जेन क्षेत्रभन्दा बाहिरबाट आएकाले वा उक्त क्षेत्रभन्दा बाहिर जानेले इमिग्रेसन डेस्कमा जानैपर्ने बाध्यता छ। अब एकपटक बायोमेट्रिक दिएपछि त्यसो गरिरहन पर्ने छैन।

यद्यपि यदि प्रणालीले कुनै प्रकारको शंकास्पद गतिविधि फेला पारेमा यात्रुलाई थप जाँचका लागि सीमा अधिकारीकहाँ पठाइनेछ।

हेलसिन्की-भान्ता विमानस्थलमा यात्रुहरूको सुविधाका लागि ६० वटा सेल्फ-सर्भिस मेसिनहरू जडान गरिनेछ। यो प्रणाली विमानस्थलमा मात्र नभई फिनल्यान्डका अन्य बाह्य सीमा नाकाहरूमा पनि क्रमशः लागू गरिने जनाइएको छ।

अधिकारीहरूका अनुसार यो प्रणालीले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा पनि सहयोग पुर्‍याउनेछ। यो प्रणाली लागु भएपछि ईयूका सबै सदस्य राष्ट्रका सीमा, आप्रवासन र भिसा अधिकारीहरूले यात्रुहरूबारे भरपर्दो जानकारी पाउनेछन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप