संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा नयाँ नियमः घोडा र गधालाई एक्लै राख्न नपाइने, साथी अनिवार्य चाहिने

नयाँ नियम अनुसार घोडाहरूले अन्य घोडा वा गधासँग सामाजिक सम्पर्क राख्न पाउने अधिकार सुनिश्चित गरिएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • घोडालाई अर्को साथी अनिवार्य।
  • गधाका लागि गधै चाहिने।
  • नयाँ नियम जनवरी १ देखि लागू।

फिनल्यान्डमा घोडाहरूको मानसिक र सामाजिक स्वास्थ्य सुधार गर्न नयाँ कानुन ल्याइएको छ। सन् २०२६ को जनवरी १ देखि कुनै पनि घोडालाई तबेलामा एक्लै राख्न नपाइने नियम बनाइएको हो।

नयाँ नियमअनुसार घोडाले अर्को घोडालाई देख्न, सुन्न र दैनिक रूपमा नाकले छुन पाउनु पर्नेछ। यसका लागि स्थायी रूपमा अर्को घोडा, गधा वा खच्चर सँगै हुनुपर्ने व्यवस्था गरिएको छ।

गधाको हकमा भने साथी पनि गधै हुनुपर्ने विशेष व्यवस्था छ। फिनल्यान्डको खाद्य विभागकी विज्ञ अलिसा मातोमाकीका अनुसार गधाका लागि अर्को गधा नै हुनु निकै महत्वपूर्ण हुन्छ।

अन्य घोडा प्रजातिका लागि भने अर्को कुनै पनि घोडा प्रजातिको साथी भए पुग्छ।

विज्ञापन

नयाँ नियमले घोडा प्रजातिका जनावरको सामाजिक व्यवहार र आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ।

यो व्यवस्था पशु कल्याण ऐन २०२४ को एक हिस्साको रूपमा आएको हो। सरकारले यसलाई यही जनवरी १ देखि कार्यान्वयन गर्ने गरि नयाँ निर्देशिका जारी गरेको हो।

पुराना तबेलाहरूका लागि भने केही राहत दिइएको छ। अहिले सञ्चालनमा रहेका तबेलाहरूलाई सुधार गर्न ५ देखि १० वर्षसम्मको संक्रमणकालीन समय उपलब्ध छ।

यसअघि घोडाहरूलाई साथीको व्यवस्था गर्न सुझाव मात्र दिइन्थ्यो। तर अब यसलाई कानुनी रूपमै अनिवार्य बनाइएको हो।

फिनल्यान्डमा पशु अधिकारलाई निकै महत्व दिइन्छ। यहाँका पशु कल्याण नियमहरू विश्वकै कडा मध्येमा पर्छन्। विशेषगरी जाडोको समयमा जनावरहरू धेरै समय भित्रै बस्नुपर्ने हुनाले उनीहरूको सामाजिक संजाललाई महत्व दिइएको हो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्डमा करिब ७५,००० घोडाहरू रहेको आकलन छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप